logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा ५ जनामा डेङ्ग्यु लक्षण देखा पर्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज ९।
देशभर डेङ्ग्यु भैलिरहेका बेला गुल्मीमा पनि डेङ्ग्यु फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका स्थित जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार डेङ्ग्यु फेला परेको हो ।

जसमा सत्यवती गाउँपालिका ५ का १२ बर्षिय बालक, सत्यवती ६ का ३६ बर्षिय एक महिला तथा चन्द्रकोट गाउँपालिका ७ का ६० बर्षिया बृद्धमा उक्त रोग फेला परेको हो । त्यस्तै रुपन्देही बुटबल उपमहानगरपालिका १३ का ३५ र २८ बर्षिया पुरुषलाई पनि डेङ्ग्यु रोग फेला परेको जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन खिमलाल पाण्डेले जानकारी दिए ।

बुटबलका दुई पुरुष आफन्तकोमा सत्वती आएको बेला डेङ्ग्यु फेला परेको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend