logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा पर्यटन प्रर्वद्धन गर्न फोटो प्रदर्शनी हुने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी असोज ९ ।
गुल्मीमा पहिलो पटक फोटो प्रदर्शनी आयोजना गरिएको छ । गुल्मी उद्योग बाणिज्य संघले १५ कार्तिकबाट आफ्नै सभाहलमा प्रर्दशनीको आयोजना गरेको हो ।

जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उदेश्यले फोटो प्रर्दशनी राखिएकाले पत्रकार तथा फोटोग्राफरहरुलाई सक्रिय सहभागीता जनाउन गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले आग्रह गरे । प्रर्दशनीमा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको फोटा राखिने छ ।

प्रर्दशनीले सरकारले आयोजना गरेको भ्रमण बर्ष २०२० लाई समेट टेवा पुग्ने विश्वास आफुहरुको रहेको भलामी बताए । पत्रकार सम्मेलनमा बोल्दै भलामीले आगामी १६ फागुनदेखि २५ सम्म गुल्मी महोत्सव र एक बर्षभित्र लगानी सम्मेलन आयोजना गर्ने योजनामा आफुहरु रहेको बताए ।

फोटो बुझाउँदा त्यसको उचित क्यापसन समेत हुनुपर्ने संघले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश १५, १० र सात हजार उपलब्ध गराइने बाणिज्य संघका महासचिव तारा भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend