साझा नेटवर्क
बाबुराम थापा, असोज ८।
गुल्मी रामचन्द्र चन्द र सागर पन्थको नयाँ अनी बिल्कुलै फरक खालको नयाँ दशैं तिहार गीत लाहुरे आयो सार्बजनीक भएको छ ।
रोजगारको सिलसिलामा आफ्नो जन्मथलो छोडेर प्रदेशियाका सम्पुर्ण नेपाली र आफन्तजनको दुख बिर्साउने र दशै तिहारमा सबैजना जम्मा भएर रमाईलो गर्दै नाच्दै नचाउँदै सबैमा सम्मान र सद्भाबको भावना फैलाउँदै चाडबाडमा रमाईलो गर्नुपर्छ भन्ने सन्देश मुलक रहेको देखिन्छ ।
दशैँ तिहार नजिकिदै गर्दा आ-आफ्ना मिठा सपना बोकेर प्रदेशिएका लाखौ युवाहरु देशबाट बिदेशका भिन्न सहरमा कार्यरत छन् प्रदेशिएका प्रदेशीहरुको भावनालाई आत्मा साथ् गरि तयार पारिएको उक्त भिडियो सायद कसको मन न रोला गुल्मीको बिभिन्न स्थलमा छायाङ्कलन गरिएको उक्त भिडियो हेर्दा दृश्यहरु मोहित बनाएको छ ।
जुन गीतको सर्जना अनील खनाल र गीतको संगीत संयोजक (एरेन्ज) रामचन्द्र चन्द नै गरेका हुन भने भीडीयोमा लाहुरेको अभिनय गायक द्वय रामचन्द्र र सागर अनी नृत्यमा सलीना नेपाली र नरेन्द्र आचार्यको रहेको छ भने गीतको बजार ब्यबस्थापक शैली कृयशको (Shaili Creation)को official youtube channel मा उपलब्ध रहेको छ।
हेर्नुस भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend