logo
  • मंगलबार, असोज १३ २०८३

मृगौला फेल भएपछि सम्बन्ध बिच्छेद


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी असोज ७।
रेसुङ्गा नगरपालिका १२ की ३० बर्षीया सीता विक। दुवै बर्ष मृगौला फेल भएको एक बर्ष बिते । अहिलेसम्म अस्पतालमै छन् । विपन्न र गरिव परिवार भएकाले सीताको उपचार सोचेजस्तो भएको छैन् ।
उनी छत्र बहादुर विकका चार सन्तान मध्येकी माइली छोरी हुन् । करिव आठ बर्षअघि स्याङजा बिहे गरिन् । परिवारका अनुसार उनलाई सानैदेखि सुगरको समस्या थियो । त्यसैमाथी गत बर्षदेखि मृगौला फेल भए । जसका कारण सीता थला परिन् । साथै पारिवारीक सम्बन्ध समेत बिग्रियो । उनी शारिरीक रुपमा असक्त बन्दै गएपछि श्रीमानले वास्था गरेनन् ।

बरु सम्बन्ध बिच्छेदनै गरे । सीताका भाई सुरज विकका अनुसार सीता छ बर्षदेखि माइतमै बस्दै आएकी थिइन् । उनले एक बर्षदेखि मृगौलाको भारतमा डाइलाइसिस गर्दै आएकी छन् । डाइलाइसिस गर्दा महिनाको १५ हजार भारतीय रुपैयाँ खर्च भइरहेको भाई सुरज विकले बताए । मृगौला पीडित सीता अहिले भारतको नयाँदिल्ली करलबादमा आफन्तको शरणमा उपचार गराईरहेकी छन् ।

घरमा बुवाको पनि करिव १२ अघि निधन भएकाले भाईलेनै उपचारको जोहो गर्दै आएका छन् । गाउँमै ज्यामी काम गरेर परिवार पाल्दै आएका सुरजले दिदिको त्यो समस्याको समाधान गर्न आफुलाई निकै समस्या परेको बताए । ‘मजदुरी गरेर मैले परिवार चलाउनै मुस्किल परेको बेला दिदिको उपचारले झनै मुस्किल परेको छ,’उनले भने,‘ सवैसंग सहयोगको अपेक्षा लिएको छु ।

सीतालाई सहयोग गर्नेहरुको लागि उनका भाई सुरजको फोन नं ९८४७५०६०१४ मा सम्पर्क गर्न सकिने छिमेकी समेत रहेका संचारकर्मी सुनिल विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend