logo
  • मंगलबार, असोज १३ २०८३

नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुह) का जिल्ला सेक्रेटरी पक्राउ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ असोज ०७।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर‘नविन’ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ति टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभएको छ। कुँवरलाई मंगलवार दिउसो बडिगाड गाउँपालीका वडा नं. ५ रेमी स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको र आवश्यक अनुसन्धान सुरु गरिएको एसपि भट्टले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend