logo
  • मंगलबार, असोज १३ २०८३

कारमा सवार ५ जनाको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, बुटवल असोज ७ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती स्थित खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको हो। राति अन्दाजी सवा १० बजेको समय नवलपुर स्थित कावासोती नगरपालिका-८ स्थित खरकट्टा जंगल क्षेत्रमा पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको आ २१ च ६४०९ नम्बर को ट्रकको कार एक आपसमा ठक्कर खान जाँदा कारमा सवार ५ जना पुरुष व्यक्तिहरुको मृत्यु भएको हो ।
दुर्घटनामा प्रहरीका अनुसार उक्त कारमा सवार नवलपरासीको देवचुली नगरपालिका केउरेनीका ३५ वर्षीय पूर्णबहादुर विक, २९ वर्षीय हिरा राना, ३१ वर्षीय दीपेश राना, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगरको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend