logo
  • शुक्रबार, असोज ९ २०८३

काँग्रेसको दोस्रो जागरण अभियान प्रभावकारी र उपलब्धिमूलक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रमेश विश्वकर्मा, गुल्मी अशोज ६ ।
नेपाली काँग्रेसको दोस्रो जागरण अभियानका क्रममा गुल्मी काँग्रेस गाउँ–गाउँमा पुगेको छ । घरघरमा पुगेको छ । जागरण अभियान कै क्रममा कहिले अन्तरक्रिया गर्दै, बृद्धबृद्धालाई सम्मान गर्दै काँग्रेस दुःखीको घरमा पुगेको छ । पीडितको घरमा पुगेको छ । पुगेको मात्रै होईन गुल्मी काँग्रेसले अपाङ्ग, असहाय, गरिब र दिनभरि काम गरेर साँझ हातमुख जोर्न मुस्किल पर्नेहरुलाई सहयोग गरेको छ ।

नेपाली काँग्रेसले केन्द्रबाट खटाएका चार जना केन्द्रीय प्रतिनिधिसँगै गुल्मी काँग्रेस जिल्ला कार्य समिति, नेपाल महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघ लगायतका विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरु सहित गुल्मी काँग्रेस जनताको घरदैलोमा पुगेर बास्तविकता, यथार्थ र सत्यताको खोजी गरेको छ । बुझेको छ ।

गुल्मीको निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा हरिध्वज मल्ल, प्रदेश सभा (ख) मा युवराज गिरी र निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा धनबहादुर मास्के प्रदेश सभा (ख) मा राम कार्की केन्द्रीय प्रतिनिधिको रुपमा खटिएर क्रमश लिम्घा, पल्लिकोट, अम्मरपुर र मदानेको कङ्के देउरालीमा गत भदौ २४ गते एकै पटक दोस्रो चरणको जागरण अभियानको उद्घाटन गरियो ।

विपि कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा गुल्मीमा मात्रै होइन देशभर वृक्षारोपण गर्दै “हिमाल, पहाड, तराई–मधेश” (हिपतम) नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको भव्यताका साथ उद्घाटन भयो । गुल्मीमा मात्रै अभियानको क्रममा सयौंको संख्यामा विभिन्न राजनीतिक दल परित्याग गर्दै नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे ।

पार्टी प्रवेश मात्रै होईन, ९०-९५ वर्षका वृद्धसम्म पनि जागरण अभियानमा सहभागि भए । मालिका गाउँपालिका घमिरका ९३ वर्षिय पूर्णबहादुर बुढा मगर, मदाने गाउँपालिका पुर्कोटमा ८६ वर्षिय चक्रबहादुर कुँवर साथै जिल्लाभर अभियानको क्रममा सयौं वृद्धवृद्धाहरु उपस्थित भए ।

कतै कार्यकर्तालाई संवेदशिल र बुझनशिल बन्न अनुरोध गरियो । कतै काँग्रेस प्रति निष्ठावान सद्भावपूर्ण र समाजसेवा गर्नको लागि अग्रसर बन्न सुझाव समेत दिइयो । अभियानका क्रममा काँग्रेस गुल्मी निरन्तर रुपमा कहिले अर्वेनी पुग्यो, कहिले अग्लुङ्ग र अम्मरपुर पनि ।

झरि भनेन, बादल भनेन त्यहीबेला निरन्तरको वर्षा माथि पहिरो खसि रहन्थ्यो तर काँग्रेस गुल्मी जागरणमा खटिरहन्थ्यो । केन्द्रले खटाएका गुल्मीका लागि केन्द्रीय प्रतिनिधिहरुलाई पनि कहिल्यै थकाई लागेन । गरिबको घरमा पुगे । दुखीको घरमा पुगे । आफु नेपाली काँग्रेस पार्टी प्रति निष्ठावान कर्मशिल भएर लागे । निष्कर्षमा आफ्नो जिम्मेवारी पुरा गरे ।

गाउँ–गाउँमा जागरण अभियान सञ्चालन, दोस्रो चरणको जागरण अभियानलाई राम्रो बनाउन र पार्टी संगठनलाई मजबुत तथा बलियो बनाउका लागि गुल्मी जिल्लाको निर्वाचन क्षेत्रहरुमा जिल्लाबाट संयोजक खटाईएको थियो ।

गुल्मीको निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क)मा जिल्ला सदस्य अनन्तराम पौड्ेल, प्रदेश सभा (ख) मा जिल्ला सचिव विष्णु कुमारी सापकोटा र निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा जिल्ला सदस्य महेन्द्र प्रसाद भण्डारी प्रदेश सभा (ख) मा जिल्ला सचिव खिलध्वज पन्थीलाई प्रदेश सभा संयोजकको रुपमा खटाईएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

काँग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा रहेका ९३ वटै वडाहरुमा अन्तरक्रिया गरेको हो । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काँग्रेस गुल्मीले आफ्ना विभिन्न खालका कार्यक्रमहरु तयगरि जिल्लाका १२ वटै स्थानीय तह र ९३ वटै वडामा अन्तरक्रिया गरिएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । नेपाली काँग्रेस गुल्मीका अनुसार दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रभावकारी र उपलब्धीमूलक भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend