logo
  • शुक्रबार, असोज ९ २०८३

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल असोज ६ ।
सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै नेपाल पुलिस क्लबले रु पाँच लाख हात पारेको छ । भने उप विजेता आर्मीले ३ लाख  हात पार्न सफल भएको छ ।

आर्मीले पहिलो र दोस्रो दुवै सेट समान २५-२२ ले गुमाएको थियो । तेस्रोमा पनि पुलिसले २५-२२ ले जित्दै उपाधि जितेको हो । मुख्य स्पाइकर मानबहादुर श्रेष्ठ विना फाइनल खेलेको आर्मी केहि कमजोर देखिएको थियो । मानबहादुर फाइनल दौराननै चोटका कारण बाहिरिएका थिए ।

आर्मीले गण्डकी प्रदेश तथा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो । सोमबार तेस्रो सेट चलिरहँदा स्थगित भएको फाइनल मंगलबार शुरु नै नभई स्थगित हुन पुगेको हो ।

त्यसअघि गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । गण्डकीले १ लाख रुपैयाँ तथा एपीएफले ५० हजार रुपैयाँमा हात पार्न सफल भएको छ । प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend