logo
  • शनिबार, भाद्र २० २०८३

सुन्दरहरैंचा सेवा समाज कतारको प्रथम साधरण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
“हाम्रो एक्ता नै समाजको गतिशिलता”भन्ने मूल नाराका साथ स्थापित सुन्दरहरैंचा सेवा समाज कतारको प्रथम साधरण सभा यहि सेप्टेम्बर २० तारिख शुक्रवारका दिन दोहाको नज्मा स्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
प्रदेश नम्बर १ को मोरङ जिल्ला मा अवस्थित सुन्दरहरैंचा नगरपालिका बाट कतारलाई कर्मभूमि बनाएर रहनुहुने नेपालीहरु एकजुट भएर स्थानीय स्तरमा सामाजिक कार्यहरु गर्ने र कतारमा रहेका सुन्दरहरैंचावासी हरुमा भै परि आउने समस्याहरुमा आपसी सहयोगको आदन प्रदान गर्दै कतारको नेपाली सामुदाय एवम् सबै संघ संस्थाहरु सँग हातेमालो गर्दै अगाडी बढ्ने उक्त संस्थाको उद्देश्य रहेको छ।
अच्युत भट्टराईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा मोरङ सुनसरी सेवा समाजका अध्यक्ष चिरन्जिवि तिमल्सिना प्रमुख अथिति रहनु भएको थियो भने विशिष्ट अथिति मा मो सु कै निवर्तमान अध्यक्ष तेज कटुवाल र मोसु का नियम भुजेल रहनु भएको थियो त्यसैगरी अथितिमा मोसुकै उपाध्यक्ष द्वय दिलीप पराजुली र भीम बराइली अनि सामाजिक क्षेत्रमा सकृय राजु राइ र थम गिरी रहनु भएको थियो।

रेनुका कार्कीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रमुख अथिति चिन्जिवी तिम्सिना विशिष्ट अथिति तेज कटुवाल अतिथि हरुमा दिलिप पराजुली भिम बराइली नियम भुजेल लगायतको उपस्थिति साथै शुभकामना रहेको थियो जोशन थापाको सञ्चालनमा रहेको उक्त साधरण सभाले रमेश भारतीको अध्यक्षता मा २५ सदसीय कार्यसमिति निर्वाचित गरेको छ। त्यसैगरी प्रथम उपाध्यक्ष मा सुरज श्रेष्ठ द्दित्तिय उपाध्यक्षमा चन्द्र पोदार महिला उपाध्यक्षमा रेनुका कार्की सचिब पर्शुराम पोखरेल सहसचिबमा महेन्द्र खड्का कोषाध्यक्ष मा जोशन थापा सहकोषाध्यक्षमा मनोज न्यौपाने रहेका छन्।

साथै कार्यसमिति सदस्यहरुमा नवराज पौडेल अर्जुन कार्की रविना भारती मिना गिरी रत्न तामाङ रितेश अधिकारी कैलाश खड्का राजकुमार उराव शल बहादुर श्रेष्ठ डगेन्द्र न्यौपाने खड्क श्रेष्ठ गोपाल कार्की राम लुईंटेल ओम राइ रविन मेचे र सन्तोष घिमिरे रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend