साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
बुद्धभुमि कपिलवस्तु सेवा समाज कतारले एनआरएनए एनसीसीबाट निर्वाचित कतारका अध्क्षय मोहम्मद मुक्तदा मुसलमान र सदस्य केशव खनाललाई सम्मान गरेको छ ।

२० सेप्टेम्बरका दिन एक कार्यक्रमको आयोजना गरी संस्थाका प्रथम उपाध्यक्ष बिबस बेल्बासेको सभापतित्व तथा संस्थाका प्रमुख सल्लाहकार निमराज अधिकारीको प्रमुख अतिथ्यतामा द्वय संस्थाका संरक्षक र अध्यक्षलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रदेश नं पाँचका अध्यक्ष बुद्ध पाण्डे, गुल्मी सेवा समाजका अध्यक्ष झविन्द्र आचार्य, अर्घाखाँची सेवा समाजका अध्यक्ष टेकराज थापा, सेवा समाज अभियानका अध्यक्ष डिल्लीराम भट्टराई, साझा नेटवर्कका प्रमुख कुमार अविरल, समाजका वरिष्ठ सल्लाहकार राजु डुम्रे, प्रेम सिंह सुनार लगायतको उपस्थिति रहेको थियो ।

गत अगष्त महिनामा सम्पन्न भएको एनआरएन ए एनसीसी कतारको राष्ट्रिय आठौं महाधिवेशनबाट द्वय मो.मुक्तदा अध्यक्ष पदमा र केसब खनाल सदस्य पदमा निर्वाीचत भएका थिए ।
कार्यक्रममा मो. मुक्तदा मुसलमान, केशव खनाल, बुद्ध पाण्डे, झविन्द्र आचार्य, टेकराज थापा, डिल्लीराम भट्टराई, राजु डुम्रे लगायतले बोलेका थिए ।
संस्थाका महासचिव राजेन्द्र पाण्डे सहजिकरण रहेको कार्यक्रमलाई सभापति बेलवासेले कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग पुराउने सम्पूर्णलाई उपस्थित धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend