logo
  • मंगलबार, असोज १३ २०८३

अरिङगालले टोकेर वालकको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी असोज ५।
गुल्मीमा अरिङगालले टोकेर एक जना वालकको मृत्यु भएको छ। जिल्लाको रुरु गाउँपालिका– १ रिडी निवासी १२ पवन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिन बहादुर घलेले बताए ।

आइतवार बिद्यालय गएका वाल घरमा फर्किने क्रममा बोटमा रहेको अरिङगाल बादरले हल्लाउदा वालकलाई टोकेको थियो । अरिङगालको टोकाईबाट घाइते भएका वालकको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीमै खोलाले बगाएर धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिलधारा निवासी ६४ वर्षिय भिम बहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको छ । कुँवर शनिवार साझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend