logo
  • मंगलबार, असोज १३ २०८३

स्यार्तुङ रातामाटा टोल विकास संस्थाको साधारणसभा सम्पन्न, अध्यक्षमा आचार्य


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सुजन विश्वकर्मा, पोखरा असोज ४ ।
पोखरा महानगरपालिका पोखरा २१ कास्की “स्यार्तुङ रातामाटा टोल विकास संस्था”को तेस्रो वार्षिक साधारण सभा असोज ४ गते शनिबार सम्पन्न भएको छ ।

स्थानीय वडा अध्यक्ष खगराज आचार्यको प्रमुख अतिथ्यता , पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको विशिष्ट अतिथ्यता साथै छिमेकी टोल विकास संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको अतिथ्यता रहेको उक्त कार्यक्रम स्यार्तुङ रातामाटा टोल विकास संस्थाका सह-सचीव पवित्र मणि भण्डारीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा संस्थाको स्थापना समय देखि आजसम्म विभिन्न क्षेत्रबाट आर्थिक सहयोग गर्दै आएका संघ संस्था तथा व्यक्तिहरु , टोल भित्र रहेका ७० वर्ष नाघेका ज्येष्ठ नागरोकहरु साथै डा. उपाधी हासिल गरेका उदाहरणीय व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सभामा संस्थाका अध्यक्ष कुलदीप आचार्यले अध्यक्ष प्रतिवेदनमा आजसम्म भएका गतिविधि र भावी योजना सभा सामु प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष गोमा गौतमले आर्थिक वर्ष ७५/७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यस्तै प्रमुख अतिथि खगराज आचार्यले टोल विकासको निमित्त हरेक सकारात्मक कामको लागि स्थानीय निकाय बाट हुने सहयोग सदैव प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।

कारणवश स्यार्तुङ रातामाटा टोल विकास संस्थाका अध्यक्षको अनुपस्थितमा बिगत केही समय देखि कार्यवाहक अध्यक्षको हैसियतमा संस्थाका हरेक गतिविधि र कार्यक्रमहरु अगाडि बढाउदै आएका कुलदिप आचार्यलाई संस्थाको आजकै साधारण सभाले पुर्ण रुपमा अध्यक्ष पदको लागि निर्बिरोध रुपमा पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend