logo
  • शुक्रबार, असोज ९ २०८३

दिवस थाम्ने कर्मचारी, पुच्छर बन्ने दल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-टोपलाल अर्याल ।
संविधान दिवस,  कर्मचारी, सुरक्षाकर्मी र शिक्षक–शिक्षिकाको लामालस्कर । प्रभातफेरीको बीचमा एक्लो वकुल्ला । लाइन छुटेको मालचरी जस्तै । कठै मन भाँचिएर जन्त हिडे जस्तो । पटक्क नसुहाउने । कर्मचारीको बिचमा दल हराएको । व्यावस्था परिवर्तन गर्न कराउने अनि उत्सव मनाउन डराएको ? यो पारा सहन नसकेरै होला लाँकुरी ढलेको ।

संविधान दिवसको दिन । बिहान ७ बजे । अगाडी हाकिम साप पछाडी लस्कर कर्मचारी । जिल्ला प्रशासन गेटमा । कर्मचारीको राम्रै उपस्थिती रह्यो । सोचे कार्यक्रममै हाजिरी भनिएको छ । त्यसैले कुदे सवैजना । नत्र बिगतका दिवसमा टाउका गनिएको हो । दल खै ? सवैले भन्थे । मैले भने उनीहरुको हाजिर हुँदैन् । हुल कर्मचारीले हाँस्दै जवाफ फर्काउँथे, व्यावस्था उनीहरुलेनै ल्याएको हो ।

म गम्भीर भए । कसले हैन भन्यो । लाँकुरी ढल्यो तर इतिहास साँची छ । यो व्यावस्था दल र कार्यकर्ताकै बलिदानीको उपज हो । दलले बिर्सेको मात्रै हो । त्यो दिन । कार्यक्रर्ताले सम्झेको मात्रै हो । योे दिन । किन आएनन दल ? किन आएनन कार्यकर्ता ? यो दिन उत्सव की तिथि । खएर प्रश्न आउला । मञ्चमा भाषण ठोक्ने दिनेश पन्थी, बिष्णु बलाल, कृष्ण सुनार को ? जनप्रतिनिधी कहाँबाट निर्वाचित ? सहि हो ।

मेरो प्रश्न । दल किन एक्लै आउँछन् । किन उत्साहले भरिएनन्, लोकतन्त्र, गणतन्त्र र संविधान दिवस । खै हिम्मत गरेको कार्यकर्ताले चिदिचौर भर्ने । किन भनिएन, गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ । नेता ज्यू जनता परिवर्तनका बली मात्रै हुन् । अरुको खुसीमा मौलो चढ्ने । अहिले अर्को शंका देखे । दिवस पनि पक्ष र प्रतिपक्ष हुँदो रहेछ । तम्घासमै पञ्चेवाजा सहित प्रभातफेरी हुँदा धेरैले झ्यालबाट हेरे ।

संविधान ल्याउन महत्वपूर्ण भुमिका खेल्ने नेपाली कांग्रेस पार्टी जागरणमा अर्जे पुग्यो । दिवस तपशिलका कुरा भए । वाल मन्दिर प्रतिनिधीमूलक बनायो । दुई तिहाईको नेकपा । सत्ता मोहमै सिमित । त्यसैले औपचारिकताकै गोल चक्करमा दिवस पर्ने गरेका छन् । यो रोग सरुवा हो । केन्द्रदेखि गाउँसम्म संक्रमण छ । व्यानरले मान्छे ढाकिने स्थानीय तहका दिवस पनि संजालमा छरपष्ट छन् ।

दिवसमा उपस्थित हुन पत्र चाहिने । हाजिर चाहिने । कस्तो बिडम्बना । उत्सव मनाउन कार्यकर्ता स्वतस्फूर्त किन सडक आएनन् ? दलले सोच्ने बिषय होे । हामी किन औपचारिकता र निम्तो खोजेका छौ सवैले मनन गर्नुपर्ला । एक नेता ५० कार्यकर्ता, एक जनप्रतिनिधी २० कार्यकर्ता किन भनिदैन् ।

आन्दोलनमा बस्ती उठाउने दल उत्सवमा किन टुहुरो बनेर आउँछ । कार्यक्रममा आफै न्यास्रो मान्ने दल । किन पुर्व तयारी गर्दा औपचारिकताबाट उम्कने । त्यो आगामी समिक्षाको बिषय हो ।

शुभकामना ।

आउने दिवस तथा उत्सवमा । सिडियो सापको पछि कर्मचारी, एसपी, डिएसपी र मेजर सापको पछि सुरक्षाकर्मी, हेड सरको पछि शिक्षक–शिक्षिकका र बिद्यार्थी भए जस्तै दल र जनप्रतिनिधीको पछि सयौ कार्यकर्ता देख्न पाइयोस् ।

कलम टोकेर घरमै बस्ने पत्रकार, बाटो ढुक्ने व्यावसायी, चोकमा कुरा काट्ने चोके डन, राष्ट्रका गहना ठान्ने कलाकार र अगुवा भन्ने नागरिक समाज सडक झर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend