साझा नेटवर्क
कमल पौडेल, गुल्मी असोज ४ ।
मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले नगरपालिका नितिगत ढंगले चलिरहेको बताएका छन् । संविधान दिवसको अवसरमा मुसिकोट नगरपालिकाले आयोजना गरेको नेपालको संविधानको प्रभावकारी कार्यान्वयनको लागी स्थानिय तहको भुमिका विषायक विचार गोष्ठीमा बोल्दै मेयर सापकोटाले भएको बताएका हुन्।
आफुहरु जनताको सेवा गर्न निर्वाचित भएको भन्दै निति र विधिमा रहेर काम गरिरहेको दावी गर्नुभएको छ। मुसिकोट नगरपालिकाले ५३ ओटा कानुन निर्माण गरेको जानकारी गराउँदै नगरप्रमुख सापकोटाले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभुत विषयलाई पूर्ण निशुल्क गराउन केहि समय लाग्ने बताउदै अझै ३/४ महिना भित्रमा ४२ प्रतिशत घर धुरीमा एक घर एक धारा पुर्याइने बताउँदै मेयरसापकोटाले नगरपालिका भौतिक पूर्वाधार निर्माणमा निरन्तर लागिरहेको दावी गरे ।
स्थानिय तह संविधान कार्यान्वयन गर्ने आधारभुत तह भएको भन्दै सापकोटाले नगरपालिकाले इमान्दारीपूर्वक काम गरेको । बताउदै कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका नगर इन्चार्ज जिवन खरेलले लोकतान्त्रिक गणतन्त्र जनताको आर्थिक तथा श्रमको सकारात्मक सहभागिता विना हुन नसक्ने बताउँदै पद्धति, प्रणाली सहज हुनुपर्ने बताउनु भएको थियो। कार्यक्रममा नेकपाका अध्यक्ष खुम बहादुर थापाले स्थानिय सरकारले साधन श्रोतको सहि सदुपयोग गर्नुपर्ने बताउनु भयो। त्यस्तै नेपाली काग्रेसका मुसिकोट सभापति सुदर्शन शाक्यले संविधानको अक्षरस पालना हुनुपर्ने भन्दै राज्य संयन्त्रकै कारण वाह्य चलखेल वढेको र संविधान माथि चुनौती थपिएको बताउनु भएको छ।
कार्यक्रममा वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, नगरपालिकाका कानुनि सल्लाहकार अनन्तलाल भण्डारी, नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक सुरेन्द्र नेपाली, नेपाल शिक्षक संघका नगर सचिव भिमसेन केसि, मुसिकोट युनेस्कोका अध्यक्ष मोहन घिमिरे, मुसिकोट नगरपालिकाका गोविन्द कँडेल, नेरासमाविका इन्द्रमणि खनाल लगाएतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार निलम कुमार शर्मा, वुद्धि प्रसाद भण्डारीले कविता तथा सागर भट्टराईले नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम पूर्व पञ्चैवाजा, झाँकी, भजन, सोरठी सहितको र्यालीले वामीटक्सार वजार परिक्रमा गरेको थियो।
कार्यक्रम नगरपालिकाका उपप्रमुख कमला शर्माको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।
फोटोः र्याली र कार्यक्रमको एटेज गरिएको छ। (फोटो फिचर)




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend