logo
  • मंगलबार, असोज १३ २०८३

लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सुजन बिश्वकर्मा, पोखरा असोज ४ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन असोज ३ गते शुक्रबार सम्पन्न भएको छ ।

शंकर बिरहीको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको प्रमुख अतिथ्यता , वरिष्ठ लोक दोहोरी गायक क्रमशः प्रजापति पराजुली र पुरुष्सोतम न्यौपाने लगायतका गायक गायिकाहरुको विशिष्ट अतिथ्यता साथै अतिथ्यता रहेको थियो ।

गण्डकी प्रदेश भित्र पर्ने ११ जिल्ला मध्य कास्की , स्याङ्जा , तनहुँ , गोर्खा लगायत ९ जिल्ला बाट जिल्ला कार्यसमितिका प्रतिनिधि तथा सदस्यहरू अधिवेशनमा सहभागी भएका थिए ।

पछिल्लो समय निकै चर्चाको शिखरमा रहेका प्रकाश सपूत , पशुपति शर्मा , शिव हमाल, रमेश बिजि, राजन कार्की जगत गौडेल कमला गैरे सँगै अन्य थुप्रै चर्चित कलाकारहरुको बाक्लो उपस्थिति देखिएको उक्त कार्यक्रममा कलाकार, पत्रकार लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवं बिविध साँस्कृतिक कार्यक्रम समेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend