logo
  • शनिबार, साउन ३० २०८३

चलचित्र “गोर्खे”को प्रमोसनल गीत “गाउँभरी हल्ला” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाण्डौ असोज १।
कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरी लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमा “गोर्खे”को प्रमोसनल गीत “गाउँभरी हल्ला” सार्वजनिक भएको छ।

गीतमा अर्जुन गुरुङ र एन्जल श्रेष्ठ र साथीहरुलाई फिचड गरिएको छ । भुसण खतिवडाको स्वर रहेको यस गीतमा शब्द/संगीत भने हरी लम्सालको रहेको छ । यसअघि सार्वजनिक गरिएको सिनेमाको एक गित “सिन्के अचार” अहिले निकै हिट पनि छ । मुख्य शहायक निर्देहक किम्मत गौतम रहेको यस सिनेमाको गीतमा कोरियोग्राफी भने शिब बिकले गरेका छन ।

पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाण्डौ लगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको यस सिनेमालाई निर्देशक शंकर महर्जनले निर्देशन गरेका हुन । हिमाल केसीको द्वन्द निर्देशन रहेको यस सिनेमाले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको पात्रलाई सिनेमामा देख्न पाईने निर्माता हरी थापाले बताए ।

सिनेमामा रबिन्द्र प्रताप सेन, अन्जली अधिकारी,अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ । सौरब लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन ।

करिब ४५ दिनमा छायांकन सकिएको छिन्दु पाख्रिन र हरी लम्सालको संगीत रहेको छ ।नेपालमा प्रदर्शन मिति तय नभएको यस सिनेमाको चाडै नै अस्ट्रेलिया र अमेरिकामा शो हुने निर्माता हरि लामाले बताए ।

“हामीले नेपालमा प्रदर्शन मिति तय गरेका छैनौ तर विदेशको केहि शो पस्चात भने नेपालमा रिलिज मिति तय गर्नेछौ” निर्माता हरी लामाले साझा नेटवर्कलाई भने । मित्र डी गुरुङको सम्पादन रहेको यस सिनेमाको वितरण जिम्मा भने वितरक सुनिल मानन्धरले लिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend