साझा नेटवर्क
साझा नेटवर्क, काठमाण्डौ असोज २ ।
लोकदोहोरी गित आशुको कारखानाको अपार सफलतापछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “आशुको शहर” सार्वजनिक भएको छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन।
मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् । उक्त “ आशुको शहर” गितमा पनि लय तथा शब्द सिर्जना गणेश अधिकारीको नै रहेको छ । अर्जुन कुवर पित्री बुढोको अफिसियल युटुब च्यानलबाट बजार आएको सो गितमा खड्ग बाजुरालीको मिक्सिङ रहेको छ
श्याम मल्लको मेकप र सुरेश श्रेष्ठको छायाँकन रहेको लोक तथा दोहोररी गायीका बर्षा लम्सालले बताईन्। स्मिृती तिमिल्सिना गुरुआमा को निर्देशन रहेको भिडियोमा सुजन शाहीको सम्पादन अनि सारीका केसी, आशिर प्रताप जंग, शेर बहादुर डिसी, सागर पौडेल, अर्जुन कुवर, दिलकुमारी गरबुजा र रिहान शंकरको अभिनय देख्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend