साझा नेटवर्क
बाबुराम थापा, गुल्मी असोज २ ।
प्रदेशमा बस्ने नेपालीहरुलाई मध्य नजर राखेर मुखमै आएको दशैको झल्कोलाई गितबाट भएपनि घर सम्झेर मन सम्मालेने गरेका यथार्थ पिडा र बेदना र बाध्यताका कुरालाई शब्दमा उनेर बहुचर्चित गायक रामचन्द्र चन्दले यो पटकको दशैमा झल्को सानुको नामक गित बजारमा पठाएका छन ।

शैलि क्रिृयशनबाट बजारमा आएको मनछुने दशै गितमा रामचन्द्र चन्द र वर्षा मगरको सुमधुर स्वर रहेको छ । गितमा कल्पना रेग्मीले अत्यन्तै मार्मिक शब्द लेखेकी छन ।
हिड्ने बेला सम्झेर रोकी थियौ
नजाउँ भन्दै यही गोडा छोकी थियौ,
यता मलाई झल्को सानुकै,
म बिनाको दशै त के रमाउली खै
पिर नगर कान्छुले मन सम्माल है
गितको भिडियोलाई मदन खड्काले छायाङकन गरेका छन । भिडियोमा कल्पना,जिया र सन्जयको उतकृष्ट अभिनयले पनि यो दशैमा आम दर्शक र स्रोताको मन जित्ने गायका चन्दले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend