साझा नेटवर्क
साझा नेटवर्क , बुटवल असोज १ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण काभ्रेको मण्डनदेउपुर नगरपालिका– ११ जैशीथोकमा पहिरोले बच्चासहित एक घर पुरेको छ । बुधबार पहिरो जाँदा एक बच्चासहित घर पुरिएको वडाध्यक्ष सुन्दर लामाले बताए ।
पहिरोले घरसँगै बच्चा पनि पुरेकाले डोजरको सहयोगमा उद्धार कार्य जारी रहेको नगर प्रमुख टोकबहादुर वाईवाले बताएका हुन् । पहिरोले अहिले वीपी राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको छ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend