साझा नेटवर्क
कतार ।
नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सपोट ग्रुप कतारले Awareness Training Migrran workers About Qatar Labour Laws 2019 सम्पन गरेको छ । ILO र ITUC को सहकार्यमा ILO प्रतिनिधि निमा राई ITUC प्रतिनिधी विस्व नेपाल NRNA NCC कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक उतम गुरुङ्ग महिला उपाध्यक्ष तथा जनचेतना संयोजक सरिता भण्डारी, नेपाली प्रबासी मंन्च कतारका अध्यक्ष चानक पोख्रेल जनप्रगतीशिल मन्चको संयोजक रकमधोज राई, नेपाली महिला समाजको अध्यक्ष अमीना खान लगाएत विभिन्न संस्थाका प्रतिनिधीको उपस्तिथिमा पछीलो समय परिवर्तन भएको कतार श्रम कानुन र ट्राफिक नियम र लिडर शिप ट्रेनिङ सम्पन गरियो ।

नेपाली प्रबासी श्रमिक संघ जिफन्ट कतारको अध्यक्ष भिम तरामु मगरको संयोजकत्वमा कार्यक्रम सुरु भएको थियो । NRNA NCC कतारको २०१९-२०२१को नवनिर्वाचित प्रथम उपाध्यक्ष उतम गुरुङ्गले कार्यक्रमको शुभकामना दिदै आउने दिन हरुमा GSG कतार र NRNA NCC कतार सहकार्य गर्दै कतारमा रहेको श्रमिक हितमा सदै काम गर्ने प्रतिबद्धता सहित कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

तेसै गरि नेपाली प्रबासी मंन्चका अध्यक्ष चानक पोख्रेलले कार्यक्रम सफलताको शुभकामना दिदै आगामी दिनहरुमा नेपाली प्रबासी श्रमिक संघ कतारसग सहकार्य गर्दै श्रमिकहरुको हितमा सधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
पछीलो समय परिबर्तन भएको कतार कनुनको बारेमा ITUC प्रतिनिधि बिस्व नेपाल र GSG कतार का केन्द्रिय सदस्य खेम सुवेदीले जानकारी गराउनु भएको थियो भने लिडर सीप ट्रेनिङ्ग नेपाली प्रबासी श्रमिक संघ जिफन्ट कतारका माहासचिब ज्वाला शाहीले दिनु भएको थियो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन GSG कार्य समितीले गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend