logo
  • मंगलबार, असोज १३ २०८३

उद्योग वाणिज्य संघद्वारा दिपावली गर्न व्यवसायीहरुलाई अनुरोध


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्यार अलि खाँन, प्यूठान भदौ ३० ।
उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले संविधान दिवसका दिन आफ्ना साधारण सदस्यहरुलाई दिपावली गर्न अनुरोध गरेको छ । नगर बजार क्षेत्रको सनिवार बसेको वैठकले यस्तो निर्णय गरेको सचिव सुमन सुवेदीले जानकारी दिए ।

हामीले ३ दिन सम्म दिपावली गर्नेछौँ । सचिव सुवेदीले भने, “३ दिन नै गा्रहकहरुलाई बस्तु तथा सेवाको बिक्रिवितरणमा विशेष छुट दिने निर्णय गरेका छौँ ।

असोज २ देखि ४ गतेसम्म घरघरमा दिपावली गर्ने, २ गते नगर सरसफाईमा सक्रियतापूर्वक सहभागी हुने र ३ गते स्वर्गद्धारी क्याम्पसमा प्यूठान नगरपालिकाद्धारा आयोजना हुने मंच कार्यक्रममा नगर भित्रका सबै उद्योगी व्यवसायीहरुलाई सहभागी हुन अनुरोध गर्ने निर्णय भएको प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष मधुसुदन शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend