logo
  • शुक्रबार, असोज ९ २०८३

भाषा, कला र लिपिको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष पाइजा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ भदौ २९ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भाषा, कला र लिपिको संरक्षण गर्नु राज्यको दायीत्व भएको बताउनु भएको छ । नेपाल कुमाल समाज समिति बडिगाड गाउँपालिका वडा नं. २ को दोश्रो अधिवेशनको सिमलचौरमा नेटामा उद्घाटन गर्दै पाइजाले सो कुरा बताउनु भएको छ।

अध्यक्ष पाइजाले पहिचान अस्तित्व भएको भन्दै पहिचान स्थापित गर्नुपर्ने बताउनु भएको छ। कुमाल भाषा, लिपि र संस्कृति संरक्षण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने घोषणा गर्दै अध्यक्ष पाइजाले समतामुलक समाज निर्माणमा सवैको सकारात्मक भूमिका आवश्यक रहेको बताउनु भएको छ।

कार्यक्रममा नेपाल कुमाल समाजको केन्द्रिय सदस्य झलक थापा कुमाल, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य सुनिल शेरचन, जिल्ला उपाध्यक्ष ढालेन्द्र शेरचन, गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर श्रीस, बडिगाड वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, नेपाल कुमाल समाज गुल्मीका अध्यक्ष टेक बहादुर कुमाल, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, वडा सदस्य गोम बहादुर राना कुमाल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अधिवेशनले कमला राना कुमालको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ। जसको उपाध्यक्षमा रुद्र बहादुर राना, सचिवमा शोभा राना, सहसचिवमा निरु राना, कोषाध्यक्षमा मना राना लगाएत रहनुभएको छ। त्यस्तै झलक कुमालको संयोजकत्वमा सल्लाहकार समितिको गठन गरेको छ।

जसको सदस्यमा गोम बहादुर कुमाल र केशव कुमाल रहनुभएको छ। सो कार्यक्रममा लोपउन्मुख हेम्फै नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रम रुद्र बहादुर रानाको अध्यक्षता, श्याम रानाको स्वागत मन्तव्य तथा देउमाया रानाको सञ्चालनमा सम्पन्न भएको थियो।

त्यस्तै गल्कोट नगरपालिका वडा नं. ११ मा भएको कुमाल समाज समितिको अधिवेशनले बावुराम राना कुमालको संयोजकत्वमा ९ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ। जसको उपाध्यक्षमा तिल कुमारी राना कुमाल, सचिवमा राम बहादुर राना कुमाल, कोषाध्यक्षमा अनिता राना कुमाल लगाएत रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend