साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ २८ ।
संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल केन्द्रीय समिति (ट्रेड युनियन संघ)को बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । बैठकले संघलाई प्रदेश संरचना अनुसार जिम्मेवारी दिएका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन समेत गराएको छ ।
सो अवसरमा देशव्यापी रुपमा संगठन बिस्तार र सुदृढिकरण,आर्थिक अवस्था मजबुद बनाउने र संघमा आवद्ध सदस्यहरुले अवलम्वन गर्नुपर्ने बिषयमा प्रशिक्षण दिइएको थियो ।
संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको सभापतित्व र प्रेस सल्लाहकार दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव मुक्ति प्रसाद काफ्ले कोषध्यक्ष यदु भण्डारी लगायतले संघले यस अघि गर्दै आएका कार्यक्रम र भावि कार्ययोजना बारे प्रकास पारेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend