logo
  • शनिबार, भाद्र २० २०८३

पत्रकार महासंघ शाखा कतारले नव निर्वाचित एनसीसी पदाधिकारीलाई स्वागत गर्‍यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
नेपाल पत्रकार महासंघ शाखा कतारले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
कतारको नज्मा स्थित गोर्खा रेष्टुरेन्टको सभा हलमा शुक्रवार आयोजित कार्यक्रममा महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व तथा सचिव दिल कुमार श्रेष्ठको सहजिकरण रहेको थियो ।
कार्यक्रममा नव निर्वाचित एनसीसी कार्यसमिति तथा आइसीसी सदस्यहरुलाई महासंघ कतार शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका आचार संहिता कार्यसमिति सदस्य एवं कतार शाखाका सल्लाहकार क्रान्ति सिंहले खादा ओडाएर स्वागत गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नव निर्वाचित उपस्थित पदाधिकारीहरुलाई संस्थाका उपाध्यक्ष नवराज वि.कले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए भने त्यसैगरि संघका सल्लाकार क्रान्ति सिंहले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचित आइसिसी सदस्य के.वि. हमालले सम्मानित गरेकोमा धन्यवाद ज्ञापन गर्दै समाजका हितको लागि कामलाई प्रगाढमा ल्याउनु पर्ने बताउदै कानुनी रुपमा एनसीसी प्रतीको शुभेच्छा अनुरुप अगाडी बढने बताए । नर्वाचित अध्यक्ष मुक्तदा मुसलमानले धन्यवाद ब्यक्त गर्दै महासंघ संग छिटै एउटा अन्तरक्रिया कार्यक्रम गर्ने र सधै सहकार्य गरी अगाडि बढ्ने बताए ।गैर आवासीय नेपाली संघ एक सामाजिक क्रियाशिल संस्था अभिभावक रहेका बताउदै कुना कन्दराबाट उठेर पत्रकार महासंघ कलम जिविहरुको संस्था रहेको बताए । अत्यन्तै सकारात्मक कार्य रहेको जिकिर गर्दे महासंघ शाखालाई अगाडी बढनु पर्ने, श्रमिक मैत्रीपुर्ण बनाउनु पर्ने बताए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको इतिहासमा नेपाल पत्रकार महासंघ बिचको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताए । श्रमिकहरुका मुद्दाहरुलाई तदुरुक्ताका साथ अगाडी बढाएर लैजानु पर्नेमा जोड दिनु पर्ने बताए । अन्तमा उपस्थिति सम्पुर्णलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend