logo
  • मंगलबार, असोज १३ २०८३

अरिङ्गालले टोकेपछि अस्पतालबाटै जीवन माग्दै विनिता


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी २७ भदौ ।
अरिङ्गालले टोकेर अस्पतालमा भर्ना भएकी धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराकी विनिता कुँवरलाई आर्थिक अभाव भएको छ । यहि भदौ १२ गते फुपुको घरबाट घर फर्केर उनलाई घरभन्दा तल रिप भन्न ठाउँमा हिडिरेको अवस्थामा अरिङ्गालले टोकेको थियो । त्यसपछि स्थानीय दधिराम विकले परिवारलाई खबर गरेका थिए ।

उपचारका लागि तम्घास अस्पताल ल्याइएकी कुँवरलाई पाल्पा पठाइयो । पाल्पाको लुम्बिनी मेडिकल कलेजले थप उपचारको लागि बुटबल पठायो । अहिले उनको बुटबलस्थित गौतम बुद्ध सामुदायिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । तर लगातार आइ.सि.यु.मा राखेर उपचार गर्नुपर्ने भएकोले खर्च बढी हुन आएको हो ।

भदौ १३ गतेबाट आइ.सि.यु.मा राखेर उपचार भएपनि खाना खान पनि नसकेपछि १४ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तर नियमित रुपमा भेन्टिलेटर राख्दा इन्फेक्सन हुने र अर्को समस्या देखिने हुँदा २९ गतेबाट घाँटिमा भेन्टिलेटर जडान गरि उपचार हुने स्थानीय भेषराज अधिकारीले जानकारी दिए ।

अस्पतालले घाँटिमा प्वाल पारी भेन्टिलेटर राख्नुपर्ने भन्छ उपचार खर्च धेरै लाग्ने भयो ।’ उनीसँगै रहेका स्थानीय भेषराज अधिकारीले भने, ‘त्यसैमाथि मृगौलामा पनि असर देखा परेको छ ।’ अरिङ्गालले टोकेपछि विनिताको मृगौलाको साथसाथै फोक्सोमा पनि घाउ भएको अस्पतालले जनाएको छ ।

अहिले उनको उपचारमा नियमित रुपमा डाइलोसिस् गरिदैँ आएको छ । अस्पतालका अनुसार अझै दुई महिना आइ.सि.यु. मै राखेर उपचार गर्नुपर्ने हुन्छ । अहिले आइ.सि.यु. मा राखेर उपचार गरेबापतको एक दिनको खर्च दुई हजार र भेन्टिलेटरको एक दिनको खर्च चार हजार छ ।

यसरी अन्य औषधी र रेखदेखबाहेक दैनिक ६ हजार खर्च हुँदा धेरै रकम लाग्ने अस्पतालले जनाएको छ । अस्पतालमा विनितासँगै रहेका उनका दाई प्रदिप कुँवरले अहिलेसम्म उपचारमा तीन लाख ८५ लाख खर्च भइसेको जानकारी दिए ।

यहि हिसाबले उनको उपचार अवधिभर १२ लाख भन्दा बढी खर्च हुने उनले बताए । दाई प्रदिपले बहिनीले अस्पतालभित्रै बहिनीले जीवन मागेपनि अस्पतालले पैसा मागेको तर त्यो सबै रकम आफुहरुसँग नभएकोले समस्या भएको बताए ।

बुबालाई डेङ्ग्यु

छोरीलाई अरिङ्गालले टोकेपछि उपचारको लागि गएका विनिताका बुबा टोप बहादुरलाई डेङ्ग्यु लागेको छ । उपचारका लागि सँगै गएका बुबालाई नै महामारी रोग ‘डेङ्ग्यु’ लागेपछि परिवारमा थप चिन्ता थपिएको छ ।

टोप बहादुरलाई पनि चार दिनसम्म अस्पतामा भर्ना गरिएको थियो । अहिले उनी बुटबलस्थित आफन्तकै घरमा छन् । टोप बहादुर रोजगारीको सिलसिलामा भारत जाने गर्दथे । तर पछिल्लो समय भारतमा पनि कमाई नभएपछि केहि बर्षदेखि घरमै खेति गर्दै आएका थिए ।

सहयोगको अपेक्षा

विनिताकी आमा सुनिता कुँवरले परिवारमा एकपछि अर्को समस्या थपिदा आउँदा आफुलाई झन पिडा हुने गरेको बताइन् । छोरीलाई बचाउन चाहेपनि रकम अभावले समस्या परेको उनको भनाई छ । ‘छोरीलाई पहिलेकै अवस्थामा देख्ने मन छ, तर आर्थिक कमजोर भएकोले समस्या भयो ।

विनिताकी आमा सुनिताले भनिन, ‘जे गर्नु धनले नै गर्दो रहेछ ।’ उनले भएभरको सबै सम्पत्ति बेच्दा पनि छोरीको उपचार खर्च पुग्न नसक्ने गुनासो गरिन् । ‘छोरी ति बिरामी भईभई, श्रीमानलाई पनि महामारिले छोप्यो ।’ गहभरी आँशु झार्दै उनले भनिन्, ‘अब सबैलाई सन्चो हुने कामना गर्नुबाहेक मसँग केहि विकल्प छैन ।

स्थानीय राजन के.सी.ले विनिताको उपचारमा सबैले सक्दो आर्थिक सहयाग गरिदिन आग्रह गरे । ‘राज्यले नागरिकको स्वास्थ्यको ग्यारेन्टी गर्न नसक्दा उपचारको लागि हात फैलाउनुपरेको हो ।’ उनले भने, ‘भोलि यस्तै समस्या जो–कसैलाई पर्न सक्छ ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले सबैले सहयोग गर्नुपर्ने उनले बताए । विनिता कुँवर धुर्कोट गाउँपालिका ४ जैसिथोक स्थित पाञ्चायन माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी हुन् ।

विद्यालयका प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले पनि सबैले आफुसक्दो सहयोग गरि विद्यार्थी विनिताको उपचारमा सहयोग गरिदिन अपिल गरे । यदि कसैले उनलाई सहयोग गर्न चाहेमा धुर्कोटमा रहेको सनराईज् बैंकको खाता नम्बर ०९१०५१३१०७२१४००१ मा रकम जम्मा गर्न सकिनेछ ।

त्यसका साथै वडाध्यक्ष मान बहादुर कुँवरको फोन नम्बर ९८५७०६४५४८, स्थानीय राजन के.सी.को नम्बर ९८५७०६७४६०, तम्घासमा हुमाकान्त पोखरेलको नम्बर ९८५७०४९३३३ र बुटबलमा भेषराज अधिकारीको फोन नम्बर ९८४७१५५०६४ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।
।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend