साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ भदौ २७।
नेपाली काग्रेसले देश व्यापी सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ।
भेलाको उद्घाटन गर्दै नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि विष्णु पौडेलले कार्यकर्ताहरुलाई एक भएर अगाडि वढ्न अनुरोध गर्नुभएको छ। जनताले नेकपा को सरकारको विकल्प खोजीसकेको भन्दै आगामी उपचुनावको लागी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
कार्यक्रममा गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु चालिसे, मञ्जेशवम मल्ल, जिल्ला सदस्य फम बहादुर खत्रि, गण्डकी थापा अधिकारी, नेपाली काग्रेस बडिगाड गाउँपालिकाका संयोजक तथा वडा नं. ५ का अध्यक्ष अर्जुन खरेल, उपसंयोजक रत्न वहादुर क्षेत्री, वडा नं. ३ का सचिव प्रेम घर्ति, तरुण दल का अर्जुन गौतम, युवा परिचालन समितिका उपसंयोजक डिल बहादुर राना, भूपु सैनिक संघ का वडा नं. २ का सभापति क्या. गन वहादुर श्रीस लगाएतले वोल्नुभएको थियो।
कार्यक्रम नेपाली काग्रेस प्रदेश निर्वाचन क्षेत्र स्तरीय समितिका कार्यवाहक सभापति तिलक घर्तिको अध्यक्षता, प्रदेश निर्वाचन क्षेत्र सदस्य होसियार सिंह थापाको स्वागत मन्तव्य तथा वडा नं. २ समितिका सहसचिव रण बहादुर भुजेलको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend