साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ २७ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको दोभान नजिकै पहिरोले २ वटा जिप पुरेको छ ।
सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका २ दोभान नागथान नजिकै आज शुक्रबार बिहान माथिबाट खसेको पहिरोले २ वटा सवारी साधन पुरेको हो । घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपका चालक कमल परियारको मृत्यु भएको हो । उनि रुपन्देहीका हुन् ।
घटनामा परि ६ जना घाइते भएका छन् । पाल्पाबाट बुटवल हिडेको लु २ च ५९३८ स्कारपियाे र बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएको हाे । घाइतेहरुलाई उपचारका लागि अहिले लुम्बिनी अस्पताल बुटवलतर्फ लगिएको छ । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend