साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ २५ ।
सरकारी कार्यालयको भवन बनेर सकिदा कार्यालय नै नभएपछि अलपत्र बनेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ को उपल्लो तम्घासमा नव निर्मित महिला तथा बालवालिका कार्यालयको भवन अलपत्र बनेको हो ।

हालै सम्पन्न भएको नव निर्मित भवन कसले र केका लागि प्रयोजनमा ल्याउने भन्ने बारेमा पनि अन्योलमा छ । महिला तथा वाललालिका कार्यालय गुल्मीका लागि निर्माण गरिएको भवन संघिएता कार्यन्वयनमा आएसँगै कार्यालय नै खारेज भएपछि भवन अलपत्र अबस्थामा परेको हो ।
हाल महिला तथा वालवालिका हेर्ने गरि प्रत्येक स्थानिय तहमा महिला तथा वालवालिका शाखा स्थापन भएको छ । त्यसले गर्दा जिल्ला कार्यालय छैन् । भवन मात्रै होइन भवन बनाउने निर्माण कम्पनी पनि निर्माण गरेको रकम नपाउदा अलपत्र परेका छन् ।
शुनिल समिर निर्माण कम्पनी तम्घास गुल्मीले ०७४ सालमा निर्माण गरेको भवन ०७६ असारमा सम्पन्न गरेको हो । भवन डिभिजन कार्यालय पाल्पाले हेर्ने गरि १ करोड ७३ लाख ६१ हजार ५ सय ७४ रुपैयाँको कुल लागतमा निर्माण निर्माणको जिम्म दिइएको थियो ।
भवन निर्माण कार्य सम्मपन्न गरे पनि सम्बन्धीत निर्माण कम्पनीले रकम भुक्तानी पाएको छैन् । बहुवर्षिय ठेक्का मार्फत निर्माण भएको भवन कस्ले जिम्मा लिने भन्ने बारे पनि अन्योल रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए ।
खारेज भएका कार्यालयहरुको चल अचल सम्पती जिल्ला समन्वय समिति मातहतमा राखिने प्रावधान रहेको पराजुलीले बताए । निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपनि भूक्तानी नपाएका कारण भवन अन्य प्रयोजनमा ल्याउनको निम्ति पनि समस्या रहेको पराजुलीले बताए ।
संघिए सरकार मार्फत निर्माण भएको भवनको रकम भुक्तानीको लागि मन्त्रालय र प्रदेश सरकारलाई पत्रचार गरेको पराजुलीको भनाई छ । निर्माण कम्पनीलाई रकम भुक्तानी गराए पछि मात्रै स्थानिय तहलाई हस्तातरण हुने र कार्यालय प्रयोजनमा ल्याउन सकिने पराजुलीले बताए ।
निर्माण कम्पनीले १ करोड १६ लाख रकम पाउनु पर्ने रकम नपाएको निर्माण कम्पनीका नारायण पोखरेलले बताए । सम्झौता अनुसार काम सम्पन्न भएर बिभागमा अनुरोध गर्दा पनि हालसम्म नभएको पोखरेलले भनाई छ ।
भवन निर्माण कार्य सम्पन्न भएपश्चात हाल रङ्ग रोगन गरेर चिटिक्क पारेर ताल्चा मारेर बन्द अबस्थामा राखिएको छ । स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएर भवन निर्माण गरिएको हो । सेवा प्रवाहको निम्ति पनि अपाएक स्थानमा भवन निर्माण हुँदा पनि यसको अरु कार्यालयको प्रयोजनको लागि पनि समस्या छ ।
लामो समयसम्म भवन निर्माण गर्ने स्थलसम्म मोटरबाटो बिवादका कारण भवन निर्माणको लागि आएको रकम फ्रिज भएर जाने गरेको थियो । तर पछि स्थानीयले मोटर बाटो दिन तयार भएपछि भवन निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको थियो ।
जिल्ला सदरमुकाम तम्घासमा केहि कार्यालयहरु आफनै भवन नहुँदा भाडामा बसेका पनि छन् । भवनलाई भाडामा रहेका कार्याललाई प्रदान गरेर ल्याउन सकिने यहाँका स्थानियको तर्क छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend