साझा नेटवर्क
अनिल खत्री,गुल्मी भदौ २५ ।
नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले साभापति पदमा रुपन्देही शाखाका सागरप्रताव राणा चयन गरेको छ । गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न प्रथम अधिवेशनले राणाको सभापतिमा ९ सदस्यीय कार्य समितको चयन भएका हुन् ।
प्रथम अबिधेशनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो । उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह, सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी, कोषाध्यक्षमा दाङ शाखाका लिला शाह निर्वाचित भएकी छन् ।
सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य,गुल्मीबाट शेरबहादुर थापा,वर्दियाबाट लोकमणि आचार्य,अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल,प्युठानबाट डाक्टर आनन्दकुमरा श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार रहेका छन् ।
अबिधेशनको मंगलबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गरेका थिए ।
अबिधेशनको लागि १२ जिल्लाबाट बिभिन्न प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend