logo
  • मंगलबार, असोज १३ २०८३

साईवर क्राईम अपराध मुद्धा खेपिरहेका चन्द र गुरुङले पाए सफाई


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझाँ नेटवर्क संवाददाता

काठमाडौँ, विद्युतिय कारोबार सम्बन्धी साईवर अपराधको मुद्धा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् ।

समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिद्युतिय कारोबार सम्बन्धि मुद्धा खेप्दै आएका थिए । १० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्धाको छिनोफानो गरेको हो ।

न्यायाधिश बिदुर कोइरालाको एकल इजलासले पत्रकारद्वय चन्द र गुरुङलाई सफाइ दिएको हो । अदालतमा आज भएको बहसमा पत्रकार चन्द र गुरुङको तर्फबाट अधिबक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दिवस निरौलाले बहस गरेका थिए ।

सम्पादक चन्दलाई समाचार लेखेकै आधारमा गत मंसिर ११ गते पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । उनी १८ दिनको हिरासत पछि रिहाइ भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend