logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा स्वास्थ्य बीमासम्बन्धी अभिमुखिकरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल,गुल्मी २४ भदौ ।

गुल्मीमा स्वास्थ्य बीमा सम्बन्धि अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच गोष्ठि सम्पन्न भएको हो ।

गुल्मीमै पहिलो पटक सम्पन्न भएको गोष्टिमा स्वास्थ्य बीमाको महत्व तथा आवश्यकताको बारेमा छलफल गरिएको थियो । चालु आर्थिक बर्षसम्म गाउँपालिकाका सबै घरमा स्वास्थ्य बीमा पुर्याउने उदेश्यका साथ गाँउपालिकामा अभिमुखिकरण गोष्ठि सम्पन्न गरिएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तरगत एक परिवारले तीन हजार पाचँ सय बुझाएबापत परिवारका पाचँ जनालाई एक लाखसम्मको निःशुल्क उपचार हुने गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । तर अपाङ्ग, ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा एच्.आई.भि.एड्स. लागेका नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य बीमा गरिने खनालले जानकारी दिए ।

कार्तिकसम्म सबै वडामा अभिमुखिकरण कार्यक्रम गर्ने र यो आर्थिक बर्षमा गाउँपालिकाका सबै घरसम्म स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । सरकारले ०७२ सालदेखि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ५३ जिल्लाको रुपमा गुल्मीमा पनि लागु गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend