logo
  • मंगलबार, असोज १३ २०८३

तिलोत्तमाको नवनिर्मित वडा कार्यालय भवनबाटै सेवा प्रवाह सुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बुटवल, भदौ २३ ।
तिलोत्तमाको वडा नं ९ मा सोमबारदेखि वडा कार्यालय भवन सञ्चालमा आएको छ । वडा कार्यालयले आजबाट केवलानी स्थित नवनिर्मित भवनबाटै सेवा प्रवाह सुरु गरेको छ । वडा भवन आफै निर्माण गरेको वडा कार्यलयको आज तिलोत्तमा नगरपालिकाका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद पाण्डेले शुभारम्भ गर्नु भएको थियो ।

वडा नं. ९ का वडा अध्यक्ष नारायण न्योैपानेको अध्यक्षता तथा कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले तिलोत्तमा नगरपालिकाको वडाहरुमध्ये नवनिर्मित पहिलो वडा भवन भएको उल्लेख गर्दै वडाको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष नारायण न्यौपानेले वडाको सम्पूर्ण ठाउँमा थ्रि फेज लाइनको व्यवस्था गर्ने ,खानेपानी वितरणलाई थप व्यवस्थित गर्ने र मङ्गलापुर रोहिणी सडकका लागि विश्वबैकको सहयोग आएकोले मंसिरबाट सडक निर्माणको काम थालनी गर्ने र मंगलापुरमा १ महिना भित्रै कवर्डहल निर्माण गरिने बताउनुभयो । साथै यहाँ सम्म आइपुग्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य गणेश शर्मा,नेत्र वन लगायतले वडा नं. ९ अरु वडाको तुलनामा अगाडी बढेको भन्दै थप प्रगतितर्फ लाग्न आग्रह गर्नुभयो । त्यसैगरी वडाले आजै नेत्र वनको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend