logo
  • मंगलबार, असोज १३ २०८३

यसपाली दशैं टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाण्डौ, भदौ २३।
यसपालीको दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको र दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको पञ्चाङग समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए ।

त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, १३ सोमबार नेपाली सेनाको झण्डा फेर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ । सेनाले पश्चिम फर्केर झण्डा फेर्दा राम्रो हुने उहाँको भनाइ छ ।

यसैगरी १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने गौतमले जानकारी दिनुभयो । ८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको १० बजेर ५ मिनेटमा आशनमा राख्न उपयुक्त हुने उहाँले बताउनुभयो ।

टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend