logo
  • मंगलबार, असोज १३ २०८३

खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हेम विश्वकर्मा, बागलुङ भदौ २२ ।
बागलुङको बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानीमा खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न भएको छ । वडिगाड गाउँपालिका ३ नं वडा कार्यलयको आयोजना , नेपाल स्वास्थ्यका लागि खानेपानी कार्यक्रम नेवाको सहजीकरणमा धाराखोला खानेपानी योजना साल्फेद र योजना चम्लाफेद अन्तर्गतको खानेपानी निर्माणकार्यको आम भेला सम्पन्न भएको हो ।

उक्त भेलाले भक्त बहादुर घर्ती को अध्यक्षतामा खानेपानी निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा झममाया काउचा, सचिवमा छविलाल भुजेल, सह सचिवमा नन्दु पुन, कोषाध्यक्षमा छममायाँ पुन साथै सदस्यहरुमा चन्द्रा विक, कासिराम काउचा, तेज बहादुरं पुन, कौसिला पुन, चन्द्र बहादुर पुन गोपिराम काउचा लगायत रहनु भएको छ ।

आयोजनाको कार्य सञ्चालनको लागि आज योजना चम्लाफेद खण्डको सर्भे गर्ने कार्य अगाडि बढिरहेको वडा कार्यलयले जनाएको छ । भोली योजना साल्फेद खण्डको सर्भे गर्ने काम हुने बताइएको छ । उक्त खानेपानी योजना सफल भएसँगै साविक वडा नं ४, ५ र ६ का करिब १ सय ५ घरधुरी लाभाम्बित हुने वडा सदस्य चुडा बहादुर पुनले जानकारी दिनुभयो ।

बैठकले प्रत्येक घरधुरीको क,ख,ग बर्ग हुनेगरी सम्पन्नता बर्गिकरण समेत गरेको छ । जसले संञ्चालित कार्यक्रम तथा योजनाको लागि दायित्व संकलनको समेत निर्धारण गरि अगाडि बढ्ने योजना रहेको पुनको भनाइ छ ।

उक्त योजनाको साविक ७, ८ र ९ मा पनि सर्भे भैसकेको छ । यसका साथै साविक १, २ र ३ नम्बर वडामा समेत छिट्टै छलफल गरी अगाडि बढ्ने तयारी भैरहेको वडा सदस्य पुनले जानकारी दिनुभयो ।

कार्यक्रम वडा अध्यक्ष खड्क पुनको अध्यक्षता, वडा सदस्य पार्वती काउचाको स्वागत मन्तव्य नेवा संस्थाका कृष्ण काफ्ले को सहजिकरण साथै समीर पुनको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend