logo
  • मंगलबार, असोज १३ २०८३

निजामती सेवा दिवस जिल्ला अदालत गुल्मीमा उत्कृष्ट कर्मचारी सम्मान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी भदौ २२ ।
जिल्ला अदालत गुल्मीले निजामती सेवा दिवसको अबसरमा एक जना कर्मचारीलाई सर्बोकृष्ट कर्मचारी घोषणा गर्दै पुरस्कृत गरेको छ ।
१६ औं निजामती सेवा दिवसको अबसरमा अदालत गुल्मीमा कार्यरत नायवसुब्बा रामबहादुर कुँवरलाई सर्बोकृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो । गत आब ०७५/०७६ कार्यसम्पादनमा सबै भन्दा राम्रो कार्य गरेको भन्दै दिवसको अबसरमा सर्बोकृष्ट कर्मचारीको रुपमा कुँवलाई पुरस्कृत गर्दै सम्मान गरिएको जिल्ला अदातल गुल्मीका श्रेस्तेदार कृष्णसरण लामिछानेले बताउनु भयो । जिल्ला अदालत गुल्मीमा कार्यरत कर्मचारीहरु मध्ये राम्रो कार्य गर्ने मध्ये छनोट भएकाले कार्यालले सम्मान गरेको हो ।

पुरस्कृत भएका कुँवरललाई आइतवार कार्यालमै एक कार्यक्रमका बिच जिल्ला न्यायधिश कृष्णाप्रसाद पौडेलले नगद र सम्मान पत्रले सम्मान गर्नु भएको थियो । ‘निजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम तम्घासमा निजामति सेवा दिवस बिबिध कार्यक्रमका बिच मनाइएको थियो । दिवसको अबसरमा सदरमुकाम तम्घासमा बिबिध कार्यक्रहरु पनि सम्मन भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend