logo
  • शुक्रबार, असोज ९ २०८३

हेमन्त शर्मा र विष्णु माझीको स्वर रहेको “बनमारा” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमान्डौ ।
दुर्लभ किसिमको लोक दोहोरी गीत ‘बनमारा’ बजारमा आएको छ । लोकप्रिय गायक हेमन्त शर्मा र चर्चित लोक गायिका विष्णु माझीको स्वरमा बजारमा आएको बनमारा दुर्लभ किसिमको लोक दोहोरी गीत जस्तो देखिन्छ ।

गायक हेमन्त शर्माले लोक स्वादका गीतहरू गाउदै आइरहेको भए पनि टिपिकल किसिमको दोहोरी गीत दोहोरी गायिका सँगै युगल स्वरमा रेकर्ड गराएको भने यो पहिलो पटक हो । सार्थक डिजिटल प्रालिको प्रस्तुति रहेको बनमारा गीतमा शब्द सङ्गीत र वाद्यवादन संयोजन यम थापाको रहेको छ ।

उक्त गीतको भिडियोमा नायक पुष्प खड्का र मरिस्का पोखरेलले अभिनय गरेका छन् । यस्तै शिव विकले कलात्मक रूपमा कोरियोग्राफी गरेको भिडियो नवराज कार्कीले खिचेका हुन् ।

हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend