logo
  • मंगलबार, असोज १३ २०८३

स्वास्थ्य सँस्थालाई एम्बुलेन्स प्रदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौ २०।
धुर्कोट गाउँपालिकाका दुई स्वास्थ्य सँस्थामा नयाँ एम्बुलेन्स प्रदान गरिएको छ । धुर्कोट प्रथामिक स्वास्थ्य केन्द्र र हाडहाडे स्वास्थ्य केन्द्रमा नयाँ एम्बुलेन्स प्रदान गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा हाल प्रयोगमा आइरहेको एम्बुलेन्स वाग्ला वाग्ला स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले एम्बुलेन्स हस्तान्तरण गरे । संघिय सरकारको विशेष अनुदान रकमबाट दुई नयाँ एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । दुई एम्बुलेन्सको मुल्य २५ लाख छ ।

आमासुरक्षा कार्यक्रमअन्तरगत गाउँपालिकाभित्र सुत्केरी हुने महिलालाई सवास्थ्य केन्द्रसम्म लैजाने मुख्य उदेश्यका साथ एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

यो सँगै धुर्कोट गाउँपालिकाका ६ स्वास्थ्य सँस्थामा एम्बुलेन्स सेवा पुगेको छ । वडा नम्बर ४ जैसिथोक बाहेक अन्य सबै वडाका स्वास्थ्य सँस्थामा एम्बुलेन्स उपलब्ध भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend