logo
  • शनिबार, साउन ९ २०८३

गुल्मेली डाक्टर राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौं १९ ।
गुल्मेली डाक्टर उत्तम पाच्या राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित भएका छन् । ५ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको गुल्मी अस्पताल तम्घासका डाक्टर उत्तम पाच्या ‘हेल्थ अवार्ड २०१९’ बाट सम्मानित भएका छन् ।
स्वास्थ्यखबर पत्रिकाले नियमित रुपमा प्रदान गर्दै आइरहेको अवार्ड डाक्टर पाच्यालाई शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा. शुरेन्द्र यादवले बुधबार प्रदान गरेका हुन् । उनलाई अस्पतालमा सहज र सुलभ सेवा प्रदान गरेबापत अवार्ड प्रदान गरेको पत्रिकाले जनाएको छ । गुल्मी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेट डा. पाच्या वि.स. २०७४ भदौ १ गते एन्.एस्.आई. बाट जिल्ला अस्पतालमा करारमा नियुक्त भएका हुन् । त्यसको एक बर्षपछि नवौँ तहको परिक्षा उत्तिर्ण गरी २०७५ भदौ ४ गतेदेखि निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

७१ हजारले पाए सेवा, दुई सयको मुख्य अप्रेसन

पाच्या अस्पतालमा हाजिर भएयता झण्डै ७१ हजार बिरामीले उपचार पाएका छन् । जसअनुसार आर्थिक बर्ष २०७४/७५ मा अस्पतालमा कुल ३१ हजार बिरामीले सेवा पाए । जसमध्ये ९१ जनाको मुख्य अप्रेशन भएको छ । ती मध्ये पनि प्रसुति ८५ जना, एपेन्डिसाइटिस ३ जना, हर्नियाको २ र गर्भासयबाहिर बच्चा रहेको एकजनाको सफल अप्रेसन गरिएको अस्पतालले जनाएको छ । त्यस्तै आर्थिक बर्ष ०७५/७६ मा जिल्ला अस्पतालबाट कुल ४० हजार ५३५ जनाले सेवा पाएका छन् । जसमध्ये ९७ वटा मुख्य रोगको अप्रेसन गरिएको छ । अप्रेसनमध्ये प्रसुति ८३ जना, हर्निया ५ जना, हाइड्रोशिलको २ जना, पाठेघरको अप्रेसन ४ वटा, डिम्बासयको एकजना र एपेन्डिसाइटिस २ जनाको सफल अप्रेसन गरिएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर विपिन खनालले जानकारी दिए । जिल्ला अस्पतालले सुत्केरी, हर्निया लगायका रोगहरुलाई जटिल रोग भनि परिभाषित गरेको छ ।

सुधारिएका १२ पक्ष

पछिल्लो समय गुल्मी अस्पताल सेवामा काममा अब्बल बन्दै गएको छ । जसअन्तरगत अस्पतालमा १२ वटा सेवा थप गरिएको छ । रेसुगां नगरपालिकाको सहयोगमा अस्पतालमा कम्प्युटराइज्ड एक्सरे जडान गरिएको छ । यसले सुलभ मुल्यमा गुणस्तरयुक्त सेवा दिनुका साथै असहाय तथा अति गरिबलाई सय प्रतिशत सम्म उपचारमा लाग्ने शुल्कमा छुट दिएको छ । कर्मचारी मिलन केन्द्रको सहयोगमा जडान गरिएको थाइरोइड जाचँ गर्ने मेसिनबाट २४ सै घण्टा सेवा दिइएको छ । भने फार्मेसी सेवालाई २४ सै घण्टा संचालन गरिएको छ । उच्च रक्तचाप, मधुमेह, दम, बाथरोग, था्यरोइड समस्याको पनि नियमित रुपमा उपचार हुँदै आएको छ ।

अस्पतालमा गत माघदेखि मानसिक रोगको नियमित रुपमा निःशुल्क उपचार हुँदै आएको छ । अल्ट्रासाउण्ड सेवा चापलाई ध्यानमा राखी नयाँ अत्याधुनिक अल्ट्रासाउण्ड मेसिन खरिद गरिएको छ । जसबाट आवश्यकता अनुसार इकोकार्डियोग्राफी सेवामा बृद्धि गर्न सकिनेछ । शवको परिक्षण गर्न दुईतले नयाँ भवन निर्माण गरिएको छ । जसमा भुँई तलामा मच्र्युरी फ्रिज राख्ने र दोस्रो भवनबाट पोष्टमाटम सेवा दिर्दै आएको अस्पतालका टेक्निसियन दीपक महतले जानकारी दिए । त्यसका साथै गुल्मी अस्पतालमा ओ.पि.डी. अर्थात बहिरङ्ग सेवा, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, पोष्ट मार्टम सेवा, गर्भवती जाँच, एक्सरे तथा भिडियो एक्सरे, ल्याब सेवा लगायतका सेवा प्रदान गरिदैँ आएको टेक्निसियन महतले जानकारी दिए ।

सामाजिक सेवा इकाईको स्थापना

जिल्ला अस्पतालले गत माघ २३ गते अस्पतालमा सामाजिक सेवा इकाई केन्द्रको स्थापना ग¥र्यो । जसबाट १२ लक्षित समुहले लाभ लिइरहेका छन् । यसबाट विशेष गरी दलित, गरिब, असहाय, विपन्न, द्धन्द्धपिडित, ज्येष्ठ नगारिक लगायतका लक्षित वर्गले फाइदा लिएका छन् । उनीहरुको उपचारमा न्यूनतम ५० प्रतिशत देखि सय प्रतिशत सम्म उपचारमा छुट दिइने अस्पतालले जनाएको छ ।

९० प्रतिशत डाक्टर छैनन

सेवाका हिसाबले अब्बल मानिएको जिल्ला अस्पतालमा डाक्टहरु भने दरबन्दीअनुसार उपलब्ध छैनन् । अस्पतालमा ११ जनाको कन्सल्टेन्ट डाक्टरको दरबन्दी छ । तर डाक्टर भने एकजना मात्रै कार्यरत छन् । अस्पतालको मुख्य दरबन्दीमा नै ९० प्रतिशत भन्दा बढी डाक्टर नहुँदा सेवा प्रवाहमा भने चुनौति छ । डेन्टल सर्जनमा एक दरबन्दीमा हाल रिक्त रहेको छ । भने ल्याब टेक्निसियनमा दुईजनाको दरबन्दी रहेकोमा एकजना पनि उपस्थित छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend