logo
  • मंगलबार, असोज १३ २०८३

जनप्रतिनिधीबाट समाचार संकलनमा गएका पत्रकार माथि दुर्व्यवहार


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी भदौं १९।
रेसुङ्गा नगरपालिकामा समाचार संकलनमा गएका पत्रकार माथी जनप्रतिनिीबाट दुर्व्यवहार भएको छ । महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यपकको नियुक्ति बिषयमा लिएर भएको बिबादमा बिहीबार नगरपालिकामा लागेको तालाको सन्र्दभमा समाचार संकलनका लागि गएका पत्रकारहरु माथि रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षले दुब्र्यबहार गरेका छन् ।
भिडियो फोटो खिचिरहेका पत्रकारलाई धम्कीपूर्ण भासामा नखिच्न भन्दै पत्रकार माथी दुब्यबहार गरेका थिए । जिल्ला प्रहरी कार्यलय गुल्मीबाट गएको प्रहरीको टोलीले नगरपालिकामा लागेको ताला खुलाउन खोज्ने क्रममा सामान्य बिबाद भएको समाचार संकलनका लागि गएका पत्रकारहरु अनिल खत्री,तिलाचन पाण्डे, अजय सुनार माथी अभद्ध ब्यबहार गर्दै  दुर्व्यवहार गरका थिए । महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यपक नियुक्तिको बिषयमा समितिको निर्णय नगरपालिकाले खारेज गरिदिएपछि नगरपालिकाका

प्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा काग्रेस जनप्रतिनिधिहरुले ताला लगाएका थिए । समाचार संकलनका लागि भिडियो र फोटो खिचिरहेको सन्र्दभमा पत्रकार माथि दुब्र्यबहार गरेको भन्दै नेपाल पत्रकार माहासंघ गुल्मीले समाचार संकलनका लागि गएका पत्रकारहरु माथि गरिएको दुर्व्यवहार प्रति खेद प्रर्कट गरेको छ ।

महासंघले एक बिज्ञप्ती जारी गर्दै रेसुङ्गा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भरत भलामीले गरेको अभद्ध ब्यबहार प्रति गम्भिर ध्यान आकर्षण भएको जनाएको छ । नेपाल पत्रकार माहासंघ गुल्मीकी उपाध्यक्ष सीता भण्डारीद्धारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तीमा समाचार संकलनका लागि गएका पत्रकारहरु माथी भएको दुर्व्यवहार प्रति गम्भिर ध्यान आर्कषण भएको भन्दै घटना प्रति दुःख ब्याक्त गरेको छ ।

समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई फोटो खिचिरहेको सन्र्दभमा किन खिचेको भन्दै वडा अध्यक्ष भरत भलामीले दुर्व्यवहार गरेका थिए । यस्तै रेसुंगा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीलाई नेपाली काँग्रेसका जनप्रतिनिधिहरुले दुर्व्यवहार गरेको भन्दै नेकपा निकट जनप्रतिनिधिहरुले आफूहरुको गम्भिर ध्यान आर्कषण भएको जनाएका छन् ।

नगरपालिकाका वडा अध्यक्षहरु वडा नं ६ का गनबहादुर गुरुङ वडा नं १० का पदम अर्याल वडा नं ७ का मोहोन पाण्डे वडा नं ४ का बिजय मरासिनी र वडा नं ११ का खुमबहादुर रानाको संयुक्त हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकतृतलाई दुब्र्यबहार गरेकोमा गम्भिर ध्यान आर्कषण भएको जनाएका हुन् । काँग्रेस निकट जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीलाई जबरजस्ती बाहिर निस्कन धम्की दिएको र मरासिनी बस्ने कुर्चिमा आफूहरु बस्न योग्य भएको भन्दै अभ्रद्ध ब्यबहार गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

चित्त नबुझेको बिषयमा कार्यपालिकाको बैठक बोलाउन आग्रह गर्नुपर्ने भन्दै काग्रेस जनप्रतिधिहरुले उग्र रुप देखाएको बताएका छन् । यता काग्रेस निकट जनप्रतिनिधिहरुले भने महेन्द्र माध्यमिक बिधालयको प्रअ नियुक्तिको बिषय नमिले सम्म ताला नखोलीने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend