logo
  • मंगलबार, असोज १३ २०८३

हामीले छानेको प्र.अ. चाहिन्छ भन्दै नगरपालिकामा तालाबन्दी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

तिलाचन पाण्डे,गुल्मी भदौं –१८ ।

गत केहि दिन यता गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा दुई जना प्रधानध्यापक रहेका छन् । एक जना केहि दिन अघि नेपाली कांग्रेस निकट विद्यालय ब्यवस्थापन समितिले नियुक्ति गरेका र अर्कां भई रहेका प्रधानध्यापकलाई नै नेकपा निकट जनप्रतिनिधीहरुले समर्थन गरेका प्रधानध्यापक । तर दुबै प्रधानध्यापकको कार्यकक्ष बन्द छ ।

गत साउन ९ गतेका दिन विद्यालय ब्यवस्थापन समितिका सिमित ब्यक्तीहरुले प्रधानध्यापक केशरबहादुर थापा विद्यालयमा नभएको अबस्थामा सहायक प्रधानध्यापक युवराज ज्ञवालीलाई प्रधानध्यापक नियुक्तिको सिफारिस गरिएको थियो । नयाँ प्रधानध्यापक नियुक्तिको निर्णय बदर गर्न रेसुङ्गा नगरपालिकाले गरेको निर्णय बिरुद्ध सोही नगरपालिकामा नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधीहरुले मेयर र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा बुधवार तालाबन्दी गरेका छन् ।त्यस नियुक्ति प्रकरण विरुद्ध उजुरी परे पछि रेसुङ्गा नगरपालिकाले उक्त नियुक्ति बदर गरि नयाँ प्रधानध्यापक छनौटको प्रकृया अगाडी बढाउन र उनै प्रधानध्यापक थापालाई नै उक्त जिम्मेवारीको काम काज गराउन निर्देशन दिएको छ । मेयर डिल्लीराज भुसाल नेकपाका जिल्ला सदस्य समेत हुन् । उनले हस्ताक्षर गरेको निर्णय पत्रमा भनेको छ –‘ नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ , पहिलो संशोधन २०७५ ( सहित ) बमोजिम त्यस विद्यालयको करारमा प्रधानध्यापक नियुक्ति गर्दा अनियमित्त भएको भन्ने उजुरी परेकोले प्रधानध्यापक नियुक्ति सम्वन्धि सम्पुर्ण कागजात यस नगरपालिकामा झिकाई आबश्यक छानविन गर्दा देहायको अबस्था देखिएकोले तपशिल बमोजिम गर्नु हुन अनुरोध छ ।’

पहिलो बुँदामा भनिएको छ –‘नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिकाको अनुसुचि ७ बमोजिम मुल्याङकनको कम्तीमा ७० प्रतिशत अंक ल्याएका मध्येबाट उच्चतम अंक प्राप्त गरेको भन्ने ब्यवस्था विपरित दुबै शिक्षकले ७० प्रतिशत अंक ल्याउन नसकेको अवस्थामा दुबै उमेदवार अयोग्य भएकोले उक्त निर्देशिकाको मार्गदर्शन अनुसार युवराज ज्ञवालीलाई प्र.अ. नियुक्ति गर्न मिल्ने देखिदैन । अतः हाल सम्म करारमा प्र.अं नियुक्तिका सम्पुर्ण प्रकृयाहरु बदर गर्ने । ’दोश्रो बुँदामा भनिएको छ–‘ उक्त प्रकृया बदर पश्चात नयाँ प्रकृयाका लागि त्यस निर्देशिका कै मार्गदर्शन अनुसार पुनः प्रधानध्यापक करारमा छनौट अगाडी बढाउने । ’ तेश्रो बुँदामा भनिएको छ , उक्त प्रकृयाबाट प्रधानध्यापक नियुक्ति नभए सम्म श्री केशरबहादुर थापाले नै प्रधानध्यापकको काम काज गर्ने ब्यवस्था मिलाउने ।’

त्यस विद्यालयलाई नमुना माध्यामिक विद्यालय बनाउन महत्वपुर्ण भुमिका निभाएका प्रधानध्यापक केशरबहादुर थापालाई नेपाली कांग्रेस निकट शिक्षकहरुले शुनियोजित ढंगबाट आफु माथी राजनितिकरण गरेर अन्याय गरेको थापाले गुनासो गरे । २०६० साल देखि प्रधानध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थापा पछि प्रधानध्यापक बन्न चाहेका अवकास प्राप्त सहायक प्रधानध्यापक मोतिप्रसाद खनाललाई प्रधानध्यापक छनौट समितिको संयोजक बनाईएको थियो । नमुना विद्यालय विकास तथा सञ्चालन बारे प्रधानध्यापक थापा र सहायक प्रधानध्यापक ज्ञवालीलाई प्रस्तवाना पत्रका लागि प्रतिस्पर्धा गराईएको थियो । जवकी खनाल आफुलाई प्रधानध्यापक थापाले सो पद दिन नमानेको रिस–ईवी साँध्धै अवकास लिएका थिए ।

प्रथम श्रेणीका प्रधानध्यापक थापा रहेको त्यस विद्यालयमा दोश्रो श्रेणीका अवकास प्राप्त सहायक प्रधानध्यापक खनाललाई संयोजक बनाईनुले पनि थापालाई अवदस्थ गर्ने तयारी शुनियोजित देखिने थापा पक्षधरको ठम्याँई छ । त्यसै बिद्यालयबाट अवकास प्राप्त प्रधानध्यापक छवि खरेल र माधव अर्याल जस्ता बौद्धिक, विज्ञ र वरिष्ठ ब्यक्ति हुँदाहुँदै प्रधानध्यापक थापा भन्दा कनिष्ट ब्यक्ति खनाललाई संयोजक बनाईनु आफै विवाद स्पद रहेको आरोप थापा पक्षधरको छ । त्यस माथी नेपाली कांग्रेसका जिल्ला पार्टीका कोषाध्यक्ष जस्तो सक्रिय राजनीति गरिरहेका रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्री – (केसी ) समेत छनौट समितिमा रहेकोले आफु माथी राजनीतिकरण भएको प्रधानध्यापक थापा गुनासो गर्छन् ।

‘महेन्द्र माध्यामिक विद्यालयमा नेपाली कांग्रेस निकट शिक्षक संघको बाहुल्य रहेको छ त्यस माथी जिल्ला पार्टीको कोषाध्यक्ष जस्तो सक्रिय राजनीति गर्नु हुने हरिबहादुर खत्री नै छनौट समितिमा राखेर म माथी अन्याय गरियो ’–थापाले भने –‘त्यस विरुद्ध ब्यवस्थान समितिका केहि ब्यक्ति र शिक्षक अभिभावक संघका ब्यक्तिहरुले रेसुङ्गा नगरपालिकामा उजुृरी दिनु भएको हो । ’

कार्यकक्ष मै छिर्न दिईएन

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीको हस्ताक्षर रहेको उक्त निर्णय पत्र लिएर बिद्यालयमा पुगेका प्रधानध्यापक थापालाई त्यहाँका शिक्षक संघ निकट शिक्षकहरुले कार्य कक्ष मै छिर्न नदिएर आफु माथी अभद्र ब्यवहार गरेको प्रधानध्यापक थापाले गुनासो गरे । ‘उहाँहरुले एउटा शिक्षकले बोल्नु पर्ने शब्द समेत मलाई प्रयोग नगरि अपशब्द प्रयोग गर्नु भयो प्रधानध्यापक थापाले भने मलाई तपाई रेसुङ्गा नगरपालिकाले बनाएको प्रधानध्यापक हो उतै गएर एउटा कोठा मागेर बस्ने भनियो । सधै विद्यायल प्रशासनमा हुने खाता पाता समेत लुकाईएको रहेछ ।हाँजिर रजिष्टर नहुँदा हाँजिर गर्न समेत पाईन मैले । प्रधानध्यापकको कोठामा ताला मारिएको थियो । मलाई अपमानित गरियो । मैले नै तयार पारेकाो नमुना विद्यालय विकास तथा सञ्चालन प्रस्ताव नेपाल सरकारबाट पास भई सकेको अवस्थामा फेरी अर्को प्रस्ताव अगाडी सार्न हुदैनथ्यो । जसमा नियोजित ढंगबाट मलाई असक्षम र ज्ञवालीलाई बढि नम्वर दिएर सक्षम बनाएर म माथी अन्याय गरिएको छ । मैले विद्यालय भित्र राजनीति गर्न हुँदैन भने । नेपाली कांग्रेस कै जिल्ला नेता भुवनप्रसाद श्रेष्ठ ब्यवस्थापन समितिको अध्यक्ष भएको त्यति लामो कार्याकालमा मैले उहाँलाई सक्दो सहयोग पुराएकै हुँ । तर अहिले मलाई राजनीतिक चस्माले हेर्दै स–सम्मान एक बर्ष पछि अवकास लिने बेलामा अन्याय मात्र गरिएन अपमान समेत गरियो ।

प्र.अ. नभएको मौका छोपेर गरियो निर्णय

महेन्द्र नमुना माविमा शिक्षक प्रतिनिधिसहित कुल ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति छ । कुनै पनि व्यवस्थापन समितिमा प्रध्यानाध्यापक नियुक्त गर्दा बहुमत अनिवार्य हुनुपर्छ । उक्त निर्णयमा प्र.अ.का उमेदवार खनाल नै सदस्य सचिवका रुपमा हस्ताक्षर गरेर बहुमत पुराउने हर्कत गरिएको छ । प्रधानध्यापक थापा विदामा थिए । फोनमा उनले भनेका थिए म नभएको बेलामा केहि निर्णया नगर्नुहोस् म आउँछु र जे गर्नु पर्छ गरौंला । तर उनी आउन नपाउँदै र विद्यालयको बैठक पुस्तिका समेत नहुँदा नहुँदै अर्को नयाँ बैठक पुस्तिका किनेर खनाललाई प्रधानध्यापक नियुक्तिको सिफारिस गर्ने निर्णय गरिएको छ ।

समितिका सदस्य मध्ये विनिता पोखरेलले उक्त प्रधानध्यापक नियुक्ति प्रकृया गलत भएको भन्दै हस्ताक्षर गर्न मानिनन । पोखरेलले भनिन–‘ केशरबहादुर थापा सर जस्तो एउटा सक्षम प्र.अ.लाई असक्षम बनाईएको प्रति मेरो असन्तुष्टि रहेकोले उक्त निर्णयमा हस्ताक्षर नगरि म फर्किएकी हुँ । त्यस प्र.अ. नियुक्तिमा राजनिती करण गरिएको हो कि भन्ने मलाई लागेको छ । ’समिति कै अर्का सदस्य चन्द्रकान्त भण्डारीले पनि हस्ताक्षर गरेका छैनन । उनले भने–‘ उक्त दिन मलाई पनि बोलाईएको थियो । म विरामी भएकोले जान सकिन । समितिले तीन सदस्यीय छनौंट समिति गठन गरेर प्र.अं. छनौटको सिफारिस गरेको निर्णय हिजो मात्रै देखे ।

नमुना माध्यामिक विद्यालय परिषदले ५ बर्षे करारमा प्रधानध्यापक नियुक्ति गर्न भनि पत्र पठाए अनुसार प्रधानध्यापक नियुक्तिको प्रक्रिया अगाडी बढाएको पाएँ । केशरबहादुर थापा सर आठ नौं महिना पछि आफै निस्किदै हुनुहुन्थ्यो , त्यतिञ्जेल सम्म सहमतिमा प्र. अं चलाउन दिएको भए पनि हुन्थ्यो । ’त्यस ब्यवस्थापन समितिमा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तथा रेसुङ्गा नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे समेत रहेका छन र उनले भने हस्ताक्षर गरेका छन । सदस्य सचिवका रुपमा प्रधानध्यापक थापालाई नै राखेको भए उक्त बैठक अल्पमतमा पर्ने भएकोले उनी नभएको मौका छोपेर सहायक प्रधानध्यापक खनाललाई सदस्य सचिव बनाईनु आफैमा अवैधानिक रहेको थापा पक्षधरको भनाई छ ।

छनौट समितिका कतिपयले ज्ञवालीलाई ५ नम्वर दिदा थापालाई १ नम्वर मात्रै दिएको पाईएको छ । यस सम्वन्मा रेसुङ्गा नगरपालिका शिक्षा शाखाबाट प्रतिनिधीका रुपमा त्यस छनौट समितमा रहेका शाखा अधिकृत लोकनाथ मरासनी संग जिज्ञाषा राख्दा उनले भने ‘ खै अरुले कसरी नम्वर दिनु भयो त्यो उहाँहरुको अधिकारको कुरा भयो , मैले नम्वर दिदा मैले जे मुल्याङकन गरे त्यही अनुरुप नै नम्वर दिएको हुँ ।

निर्णय नमाने पैसा रोकिन्छ : नगरपालिका

त्यस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले प्रतिकृया दिन मानेन् । नगरपालिकाको निर्णय मेयर डिल्लीराज भुसालले भने प्रधानध्यापक थापा नभएको बेलामा खनाल अनुकुलका विद्यालय ब्यवस्थापन समितिका मानिसहरुले उनलाई प्रधानध्यापक नियुक्ति गर्ने गरेको निर्णय निर्देशिका विपरित भएको ठहर गरिएको बताए ।‘हामीलाई केशरबहादुर थापा प्रधानध्यापक भए पनि ठिकै छ युवराज ज्ञवाली भए पनि ठिकै छ । हाम्रा लागि दुबै बराबरी हुनुहुन्छ । मात्र विधि र प्रकृया बेठिक भनेका हौं’– मेयर भुसालले भने –‘साउन ९ गते गरिएको उक्त निर्णय नमुना विद्यालयको निर्देशिका विपरित छ ,यसर्थ अर्को प्र.अं छनौटको प्रकृया अगाडी बढाउन पत्र पठाएका हौं ।

त्यसमा अटेरी गरे नगरपालिकाले शिक्षकको तलव समेत रोक्न सक्छ । ’ त्यस विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुरामणि पन्थीले भने विधि र प्रकृयाबाटै प्रधानध्यापक ज्ञवालीलाई प्रधानध्यापक नियुक्तिको सिफारिस गर्ने निर्णय गरिएको दावी गरे ।
विद्यालय भित्रै कांग्रेस समर्थकको बाहुल्य , त्यस माथी छनौंैट समितिमा कांग्रेस जिल्ला पाटीै कै कोषाध्यक्षलाई किन राख्नु भयो त ? भन्ने प्रश्नमा उनले भने उहाँलाई राजनैतिक रुपमा नभई एउटा बौद्धिक र विज्ञका रुपमा राखिएको हो , भन्ने जवाफ दिए । सो विद्यालयले विज्ञप्ती निकालेर नगरपालिकाले गरेको निर्णयलाई अस्वीकार गरेको छ ।

उसले विधि र प्रकृया अनुसार थापा र ज्ञवाली उमेदवार रहेको र छनौट समितिको मुल्याङनमा ज्ञवालीले ६७ अंक ल्याएको र थापाले ५८.६६ अंक ल्याएकोले उच्चतम अंक प्राप्त गर्ने ज्ञवालीलाई प्रधानध्यापकको सिफारिस गर्ने निर्णय गरिएको जनाएको छ ।
ं तालबन्दी गरिएको प्रति मेयर भुसालले कांग्रेसजनले बहुमतको आडमा मनपरि गरेको तर आफुहरुले जनताको सेवा प्रवाहमा ताला तोडेर कमी हुन नदिने प्रतिकृया दिए । तम्घासको सबै भन्दा पुरानो त्यस बिद्यालयमा स्थापनकाल देखि कांग्रेसजनको एकछत्र राज हुँदै र मनपरि गरिदै आएको नेकपाका कार्यकर्ताहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend