logo
  • मंगलबार, असोज १३ २०८३

गौ हत्याको बिरोधमा गुल्मीमा प्रर्दशन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी भदौ १८ ।

गौ हत्याको विरोधमा गुल्मीमा प्रर्दशन भएको छ । दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर गाइहरु मारेको बिरोधमा बुधवार बिश्व हिन्दु महासंघ गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको हो ।बाँके र नेपालगन्ज लगिएका गाईहरु दैलेख जिल्लाको सुब्बाकुना र कड्कुवा जङ्गलको भिरबाट खसालेर दर्जनौं गाईहरु मारेका थिए । जिल्ला सदरमुकाम तम्घासमा निकालिएको प्रर्दशनमा बिभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु सहित बजार परिक्रमण गरेका थिए ।
गौ हत्या गर्ने अपराधीलाई सरकारले अविलम्ब कठोर कारवाही गर्न माग गरेका छन् ।

सुनियोजित रुपमा गौंहत्या भएको भन्दै जनताको अस्था र धर्ममाथी प्रहार भएको बिश्व हिन्दु् महासंघ गुल्मीले प्रर्दशन गरेको अध्यक्ष शुरेसचन्द्र भुसालले बताए । प्रर्दशन पश्चात गौंहत्यारालाई कारावाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापना पत्र समेत पठाइएका छन् ।हिन्दु धर्ममा गाईलाई माताको रुपमा पुज्ने गरिन्छ । गाईसँगै पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend