logo
  • मंगलबार, असोज १३ २०८३

मौलिक संस्कृति संरक्षण गर्ने जिम्मा युवाको काँधमा– विष्णु प्रसाद भुसाल उपप्रमुख जिसस


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

 

कमल पौडेल

१६ भाद्र २०७६-बडिगाड

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले मौलिक संस्कृतिको संरक्षण गर्ने जिम्मा युवाको काँधमा आएको बताउनु भएको छ। दिपज्योती युवा परिवार, पिप्ले बसाह सामुदायीक बन र महिला जागरण इकाइ समितिले संयुक्त रुपमा बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर नेटामा आयोजना गरेको तिजिगित कार्यक्रममा सम्बोधन गर्दै उपप्रमुख भुसालले सो कुरा बताउनु भएको हो।

 

तिजलाई मौलिक रुपमा मनाउन आग्रह गर्दै कला संगै राजनैतिक तथा सामाजिक परिवर्तनको नेतृत्वलिँदै अगाडि बढ्न आग्रह गर्नुभएको छ। कार्यक्रममा सामुदायीक बनका अध्यक्ष चुमाकान्त पोखरेल, महिला जागरण केन्द्र इकाइ समितिका अध्यक्ष इन्द्रकला पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

५ समुहको सहभागिता रहेको सो प्रतियोगीतामा मुनपा १ पौंदि अमराई अरेवाको समुह प्रथम, रेश्क्यू युवा क्लव मुनपा २ र दिपज्योती युवा परिवार द्धितिय तथा राना समुह दनिया र सिमलचौर समुह तृतिय भएका छन्। कार्यक्रम युवा परिवारका अध्यक्ष होमनाथ खरेलको अध्यक्षता, कोषाध्यक्ष हरि चालिसेको स्वागत मन्तव्य तथा सचिव वुद्ध पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

 

 

त्यस्तै डुडेवाचौर सामुदायीक बन उपभोक्ता समुह बडिगाड २ को आयोजनामा खुल्ला तिजिगित कार्यक्रम डुडेवाचौरमा सम्पन्न भएको छ। कर्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले कला संस्कृतिको संरक्षण गर्न जोड दिनुभएको छ। सो प्रतियोगीतामा महाकाली आमा समुह मुनपा २ प्रथम, संगम आमा समुह खर्वाङ द्धितिय, बडिगाड आमा समुह मुनपा २ तृतिय र मिलिजुलि आमा समुह हाडिखोला र हरियाली आमा समुह बयरबोट सान्तोना भएका छन्।

कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद खरालको अध्यक्षता, कोषाध्यक्ष मन बहादुर थापाको स्वागत मन्त्व्य तथा उपाध्यक्ष मेघनाथ खरालको संचालनमा सम्पन्न भएको थियो।

फोटोः सोहि तिज कार्यक्रमका दृश्यहरु:

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend