logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेस नेता भण्डारीद्वारा उपसभापतिमा उठ्ने घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं भदौ १६ ।
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा उठ्ने घोषणा गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले उपसभापतिको उम्मेदवर बन्ने घोषणा गरेका हुन् ।बैठकपछि साझा नेटवर्कसँग कुरा गर्दै उनले भने, “मैले केन्द्रिय समिति बैठकमै महाधिवेशनमा अब उपसभापति उठ्ने कुरा गरेको  छु ।” अहिलेको नेतृत्वबाट देशमा देखिएका समस्या समाधान हुननसक्ने भन्दै अब नयाँ हिरोहरु  नयाँ स्क्रिप्टसहित आउनुपर्छ । पुराना हिरोहरुबाट अहिलेको समस्या हल हुन सकदैन,” उनले भने ।

त्यस्तै, संविधान संशोधन र नजागरिकताको विषयमा पहिला आफु स्पष्ट भएपछि मात्र अघि बढनुपर्ने बताए ।

“क्षमताविहिन संशोधनले अराजकता ल्याउँछ । जथाभावी नागरिकता बाँड्दा नेपाली आफै अल्पमतमा पर्छन् ” उनले भने, “राजनितिक नेतृत्वमा अन्योलमा हुँदा अहिलेका समस्या जन्मिएका हुन् । होली वाइन, बुद्धको मुर्ति तोडफोड र गौ हत्याको विषय आएको छ । यसलाई बेलैमा सम्बोधन गरिएन भने प्रणालीमाथी नै प्रश्न उठ्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend