logo
  • शनिबार, साउन ९ २०८३

बिनोदको कृषि कर्म तरकारी उत्पादनबाट मासिक ७० हजार कमाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री,गुल्मी भदौ १५  ।

रोजगारीको लागि युवाशक्ती बिदेसीने क्रम वढि रहेका बेला पछिल्लो समय यता युवाहरु व्यवसायिक कृषितर्फ पनि लाग्न थालेका छन् । कृषि क्षेत्रबाट उत्पादित बस्तुहरुले पर्याप्त मात्रामा बजार पाउन थालेसँगै युवाहरु कृषि खेतीतर्फ आकर्षित छन् ।गुल्मी जिल्लामा पनि सानो–सानो कृषि खेती गर्नेहरु व्यवसायीक रुपमै ठूला कृषि फामहरु सञ्चालन गर्न थालेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर मोहराईका कृषक बिनोद कुँवर व्यवसायीक कृषिमा व्यस्त हुनुन्छ । मेहनता र जाँगर भए केहि गर्न सकिन्छ भन्ने उदाहरण लिने पात्रमा गनिन्छन् । उनले गरेको कृषि अबलोकन गर्न जिल्लाबाट कमै पुगेका होलान् ।

गाउँमा धेरै जग्गा बाझिने र युवाशक्ति बिदेसिने क्रम बढिरहेको बेला मेहनत भए यहि पनि उत्पादन गरेर मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरणका पात्र मध्येका कृषक कुँवर बन्नु भएको छ । कृषक कुँवरले व्यवसायीक रुपमै कृषि खेती गर्न लागेको १३ वर्ष भएको बताउनु भयो । सामान्य गाउँमा कोदो मकैको खेती गर्ने जग्गामा बन्दा गोपी र फुल गोपी उत्दानबाट सुरु गरेका कृषक कुँरले कृषि खेती तर्फ लागेको १९ वर्ष भएको बताउनु भयो ।१ रोपनी जग्गाबाट सुरु भएको कृषि खेती अहिले ३० रोपनी जग्गामा पुगेको कृषक कुँवर बताउछन् । उहाँले अहिले लहरे तरकारी वाली खेती तर्फ टमाटर, अकबरे खुर्सानी, सिम्लामृच, तितेकरेला, लौका, बोडी, बन्दा गोेपी, फुल गोपी, काउली, मुला, भान्टा, अदुवा लगायतका मौसमी र बेमौसमी सिजनका तरकारी बाली उत्पादन गर्दै आउनु भएको छ ।

तरकारी खेतीसँगै केहि माछा, टर्कीचरा, लोकल र बोइलर कुखुरा र बाख्रा पालन पनिसँगै गरेका गर्नु भएको छ । सामान्य रुपमा गर्दै आएको कृषि खेतीले बजार राम्रो पाउन थालेपछि बढाउदै लगेको कृषक कुँवरले बताउनु भयो । उहाँले आफनो जग्गासँगै नजिकै रहेको जग्गा भाडामा लिएर कृषि खेती गर्दै आएको बताउनु भयो । पानीको अत्यन्तै समस्या झेल्दै आएका कुँवरले उत्पादीत तरकारी बेच्नको लागि बजारको समस्या नरहेको बताउनु भयो ।उहाँले उत्पादन गरेका तरकारी तम्घास बजारसँगै बुटवल भैरहवासम्मा पठाउने गरेको बताउनु भयो । ४५ लाख भन्दा वढि लगानी पुगेको उनको कृषि फाममा ३ जनाले दैनिक ज्यालादारीमा काम गर्दै आएका पनि छन् । घरका श्रीमान श्रीमतीको बिहान उठेदेखि नै तरकारीबारीमा काम गर्दै आएको कुँवरले बताउनु भयो । तरकारी उत्पादन गरेर वार्षिक ३० लाख वढिको कारोवार गर्दै आएका कुँवरले मासिक ७० हजार भन्दा वढि कमाइ हुने गरेको बताउनु भयो ।

केहि टनेलहरुमा तरकारी खेती गर्दै आएका कुँवरले पछिल्लो नयाँ प्रबिधिको पनि प्रयोग गर्न थाल्नु भएको छ । पानी, रोग किरा कम लाग्ने, मल्चीङ्ग प्रबिधिबाट तरकारी खेती गर्दा धेरै राहत मिलेको बताउनु भयो । उहाँले गर्दै आएको तरकारी खेती कुनै आधुनिक र तालिम नलिइकन सुरुवात गर्दै आएको बताउनु भयो ।

तर पछिल्लो समयमा कृषि क्षेत्रबाट अबलोकनमा आउने प्राबिधकहरुले मल्चीङ्ग प्रबिधिको बारेमा जानकारी गराएपछि त्यसले तरकारी खेती उत्पादनमा निकै फाइदा र नयाँ प्रबिधि रहेकाले यसमो पनि प्रयोग गरेर तरकारी उत्पादन हुँदै आएको बताउनु भयो । कृषि क्षेत्रमै दैनिकी बिताइ रहेका कुँवरले केहि हाइटेक टनेलहरु र बजारी करणको लागि गाडीको आबश्यक रहेको बताउनु भयो ।

उहाँले राज्यले कृषि क्षेत्रलाईसहयोग गर्दै आएपनि वास्ताबिक कृषक र कृषि क्षेत्रको प्रत्यक्ष अबलोक गरेर दिनुपर्नेमा जोड दिनुभयो ।
हाल नगर र कृषि ज्ञानकेन्द्रबाट सामान्य रुपमा सहयोग भएपछि प्रदेश केन्द्र सरकारले कृषि क्षेत्रबाट उत्पादनमा आकर्षण बढाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend