logo
  • शुक्रबार, असोज ९ २०८३

विप्लव नेकपाका जिल्ला सदस्य गुराँस पार्टीबाट निस्कासन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

नवलपुर, भदौ १३ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपुरका जिल्ला सदस्य गणेश विक गुराँसलाई पार्टीले निस्कासन गरेको छ ।

नवलपुर जिल्ला इन्चार्ज जुझारुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जिल्ला समिती सदस्यको पदमा बसि समितिले गरेका निर्णयहरुलाई उल्लंघन गर्दै पार्टीको सम्पर्क भन्दा बाहिर रहि साङ्गठनिक रुपमा अराजक ढंगले पार्टीको नीति विपरित गतिविधि गरेकोले जिल्ला समिती सदस्य गणेश बिक गुराँसलाई आजैका मितिदेखी पार्टीबाट निस्कासन गरिएको छ ।

नवलपुर पार्टी जिल्लामा जवस र मोर्चा संगठनहरुको सुदृढ र बिस्तारको अभियानमा रहेको बताउदै, विज्ञप्तिमा पार्टी नीति बिपरित काम गर्नेहरुलाई कारवाही र शुद्धीकरण समेत गर्ने गरेको जानकारी दिईएको छ । उनी केही समय अगाडीमात्र सत्तारुढ नेकपा छोडेर विप्लव नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend