logo
  • शनिबार, साउन ३० २०८३

कतिन्जेल बस्नु भन्दै आए गायक विश्वराम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौँ ।
गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “कतिन्जेल बस्नु”को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् ।

विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “कतिन्जेल बस्नु” अहिले चर्चाको शिखर टेक्दै गरेको छ l गायक विश्वरामको नै शब्द रचना रहेको यस गीतमा गायकको आफ्नै संगीत कम्पोज रहेको छ भने प्रमोद निर्वाणले एरेन्ज गरेका छन् ।

डिभाइन ड्रिम स्टुडियोको छयांकन तथा सम्पादन रहेको सार्बजनिक म्युजिक भिडियोलाइ सैलेन्द्र ढकालले निर्देशन गरेका छन् । भिडियोमा मोडल अम्बिका लुइटेल, जिबन, रमेश तथा नमराजलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend