logo
  • शुक्रबार, असोज ९ २०८३

जनप्रतिनिधिले गरेको काम जनतामाझ पारदर्शी हुनुपर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ भदौ १३ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले जनप्रतिनिधि र सरकारले गर्ने काम घाम झैं छर्लङगै हुनुपर्ने बताउनु भएको छ। नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड गाउँकमिटिको आयोजनामा बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङखोलामा विहिवार भएको जनतासंग जनप्रतिनिधि कार्यक्रममा उपप्रमुख भुसालले आफुहरुको ध्यय समृद्ध बडिगाड हुँदै बागलुङ जिल्ला भएको भन्दै पारदर्शि रुपमा काम गरिरहेको दावी गर्नुभयो ।

कतिपय सन्दर्भमा जनता र जनप्रतिनिधिविच बुझाइमा फरक हुने गरेको भन्दै जनतासँग जनप्रतिनिधि कार्यक्रमले सो वुझाई एक हुने समेत वताउनु भएको थियो। कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले संघियता पहिलो अभ्यास भएको, जनताले पहिले गर्ने काम र अहिलेको कामको फरकपनलाई सहजढंगले आत्मसाथ गर्न नसक्दा तथा जनप्रतिनिधिले पनि पारदर्शिरुपमा कतिपय काम गर्न नसक्दा समस्या समेत आउने गरेको बताउनु भएको छ।

अध्यक्ष पाइजाले आफुहरुले पनि जनताकै लागी काम र विकास गरेको, जनताले पनि विकास नै चाहेको ले जनता र जनप्रतिनिधि एकै ठाउँमा रहेको बताउनु भएको थियो। कार्यक्रममा नेकपा बडिगाडका अध्यक्ष गुणानिधि घिमिरे, वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर केसि लगाएतले धारणा राख्नुभएको थियो।

नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) ले जनप्रतिनिधि र जनताको सम्बन्ध पातलिन लागेको भन्दै जनता संग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको हो। कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का दर्लिङका अध्यक्ष दिपक केसिको अध्यक्षता तथा सचिव दुर्गा बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend