logo
  • शुक्रबार, असोज ९ २०८३

स्थानिय विकासको लागि संघियता : पाइजा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ भदौ १३ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले स्थानिय विकासको लागी संघियता भएको बताउनु भएको छ । त्रिभुवन नमुना मावि बडिगाड गाउँपालिका २, खर्वाङका विद्यार्थीहरु संग गाउँपालिकाकै सभाहलमा अन्तरक्रिया गर्दै पाइजाले संघियताकै मोडलबाट विश्वमा तिव्र विकास भएको भन्दै नेपालमा पनि विकासको लागी संघियता आएको बताउनु भएको हो।

विद्यार्थीहरुको प्रश्नको उत्तर दिँदै अध्यक्ष पाइजाले हाल स्थानिय सरकारले संघियताको अभ्यास गर्दै विकासमा अगाडि बढेको बताउनुभएको हो । कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले स्थानिय सरकारको काम, कर्तव्य तथा अधिकार तथा तिन तहको सरकारको विषयमा प्रष्टाउनुभएको थियो।

सुवेदीले गाउँपालिकाले गर्न सक्ने र गर्ने कामको फेहरिस्त प्रस्तुत गर्दै आफूहरु सधै बालवालिकाहरुको साथमा रहेको बताउनु भएको थियो। कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रश्नहरु राखेका थिए। कार्यक्रमको सहजिकरण कमल पौडेलले गर्नुभएको थियो।

त्रिभुवन नमुना मावि को साधारण धार तर्फ कक्षा ९ र ८ मा अध्ययनरत विद्यार्थीहरु सामाजिक अध्ययन विषय अन्तरगत लघुभ्रमणको क्रममा गाउँपालिका पुगेका हुन्। विद्यार्थीहरुले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पनि अन्तरक्रिया गरेका थिए।

सो विद्यार्थी सहितको टोलीले ग्वालीचौरमा रहेको पानि घट्ट, सक्न्यारमा रहेको आकाशे पुल, तुरतुरे पहिरो तथा ताल, बुर्तिवाङ बजार लगाएतका क्षेत्रको अवलोकन गरेका थिए। त्रिभुवन नमुना माविले विभिन्न समयमा फरकफरक कक्षाका विद्यार्थीहरुलाई विषयगत रुपमा लघुभ्रमणमा लैजादै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend