logo
  • मंगलबार, असोज १३ २०८३

सत्यवती पहिरो प्रभावितलाई कतारबाट आर्थिक सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, गुल्मी भदौ १३ ।
गुल्मी सेवा समाज कतारको समन्वय र कतारमा रोजगारी गरि बस्ने ठुलो लुम्पेकी र अस्लेवाका साथीहरूको पहलमा संकलन गरिएको राहत रकम सत्यवती गाउँपालिका २,३,४ र कालीगण्डकीको पहिरो प्रभावितलाई एकमुष्ट २ लाख २८ हजार रुपैया हस्तान्तरण गरिएको छ ।

उक्त राहत रकम सत्यवति गाउपालिका वडा नं ३ का वडा ध्यक्ष रुकवहादुर रानालाई १ लाख २७ हजार रुपैया, सत्यवति ४ लिम्घामा ६१ हजार रुपैया त्यस्तै पहिरोबाट क्षतीग्रस्त बनेको शिद्ध प्राविलाई २० हजार रुपैया र कालिगण्डकी गाउपालिकालाई २० हजार रुपैया हस्तान्तरण गरिएको हो ।

पहिरो प्रभावित क्षेत्रमा पुगेर जनप्रतिनिधीहरुलाई श्रीप्रसाद थापा लगायतको समुहले नगद रुपैया हस्तान्तरण गरेका हुन । पहिरोले १३ जनाको ज्यान लिएको थियो भने दर्जनौ परिवार अहिले पनि विस्थापित भई अस्थायी शिविरमा आश्रय लिईरहेका छन ।

पहिरोबाट प्रभावित बनेकाहरुलाई थोरै भएपनि राहत मिलोस भनी समाजको समन्वयमा सोहि गाउका युवाहरुको सकृयतामा रकम संकलन गरिएको राहत सङ्कलन अभियानका संयोजक तथा समाजका उपाध्यक्ष कुमार अविरलले साझा नेटवर्कलाई वताए ।

गुल्मी सेवा समाज कतारको समन्वयमा रोजगारीको सिलसिलामा कतारमा रहेका गुल्मेलीहरुको सहयोगमा राहत रकम सङ्कलन गरिएको थियो । स्मरण रहोस गुल्मी सेवा समाज कतारले जिल्लामा विभिन्न समय आईपरेका विविध समस्याहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend