साझा नेटवर्क
कुमार अविरल पन्थी, दोहा ।
गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सदस्यमा झवीन्द्र आचार्य बिजयी भएका छन् ।
गत २३ अगस्ट २०१९ मा सम्पन्न, एनआरएन एनसिसि कतारको आठौ राष्ट्रिय महाधिबेसनबाट आगामी २०१९ -२०२१ का लागि ४१,३४ पंजीकृत सदस्यले सदस्यता लिएका थिए। जसमा ३४२० जनाले प्रत्यक्ष सहभागी भइ मतदान गरेका थिए, मध्य १८२४ मत लिएर आचार्य १० औं स्थानमा आएका छन् ।
सदस्य तर्फ ३३ जनाले आ -आफ्नो उमेद्वारी दर्ता गराएता पनि संघको बिधानको कार्यसमिति चयन पत्रमा सदस्यमा १८ राख्न सक्नेउल्लेख छ । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका सामाजिक अभियन्ता आचार्य बिभिन्न सामाजिक संस्थामा आवद्द छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापाहिले जन्मेका आचार्यले कतारमा आफ्नो व्यवसाय गर्दै आएका छन् भने बचेको समयलाई समाज सेवामा खर्च गर्ने आफ्नो अठोट रहेको बताए । मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफु समाज सेवामा अगाडी बढेको बताए ।
लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमितिका अध्यक्ष समेत हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन । उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताए । सामाजिक संस्थाको अभिभावक एनसीसी कतारको कार्यसमितिमा रहेर काम गर्ने अवसर दिनुभएकोमा यस दौरानमा अहोरात्र सहयोग र हौसला प्रदान गर्नु हुने आदरणीय अग्रज ब्याक्तित्व तथा शुभचिन्तक प्रति विशेष धन्यवाद दिदै , विभिन्न माध्यमबाट शुभकामना ब्यक्त गर्नु सम्पुर्ण शुभचिन्तक एवं समकालीन मित्रहरूमा हार्दिक कृतज्ञता प्रकट गरेका छन।
आगामी दिनहरुमा यहाँहरुको हौसला प्रेरणा सामाजिक कार्यहरूमा हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न आफु तयार रहेको बताए।शपथ ग्रहण एवं सम्मान कार्यक्रम आगामी 30 अगस्ट मा हुँदै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend